कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

रोड सोमा ‘वान्स मोर’

अमृता अनमोल

बुटवल — सधैं टेलिभिजनको पर्दामा देखिने चल्तीका गायकगायिका शनिबार एक्कासि बुटवलमा देखिए । रेडियो कान्तिपुरको रोड सो ‘रेडियो अन ह्वील्स’ मा युवा गायक माण्डवी त्रिपाठी र कमल खत्री आएका थिए ।

रोड सोमा ‘वान्स मोर’

मन परेका कलाकार आफ्नै आँखा अगाडि पाउँदा बुटवलवासी हर्षविभोर बने । दिनभर ३८ डिग्रीको गर्मीले बाफिएका बुटवलवासी साँझपख पसिना छुटुन्जेल नाचे र गाए ।

गायिका माण्डवीले ‘ढल्क्यो माया ढल्क्यो मेरो तिमीतिरै सानु...’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरिन । यसपछि मेरो बारुली ‘कम्मर लचक्कै...’ गीत गाउँदा धेरैले कम्मर लच्काए । ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...’मा उनले आयोजक अतिथिलाई नै नचाइन । ‘मात लाग्यो, मात लाग्यो...’, ‘टकनटुकुन टकन टुकुन टुक्क...’ गाउँदा पनि दर्शक साथ उस्तै रह्यो ।

कमल खत्री पनि स्टेजमा राम्ररी जमे । उनलाई दर्शकले गाएर मात्र होइन नाचेरै साथ दिए । सुरुमा दर्शकको छेउमै गएर माहोल बनाएका कमलले ‘माया जाउला रेलैमा...’ बाट आफनो प्रस्तुति सुरु गरे । लोक लयको बढ्ता चल्ती रहेको बुटवलमा उनका गीत निकै रुचाइन्छ । उनको ‘आत्मामा तिम्रो आत्मामा...’ गीतमा दर्शकले गाएरै साथ दिए । ‘माया लै लै लै...’, ‘चोखो माया दिए पुग्छ...’, ‘ म गीत हु तिम्रो...’, लगायतका गीत उनले गाए ।

विनोद परियार र आशिष ठकुरीको कमेडीलाई पनि धेरैले मन पराए । रेडियोको दुनियाँमा छुट्टै पहिचान बनाएका महेश लिम्बू र स्मिताको आवाजले पनि दर्शकलाई तान्यो । दर्शक मायाले हौसिएका महेश र स्मिताले पनि रेडियो र रेडियो कार्यक्रम सम्बद्ध विभिन्न प्रश्न सोधे । सही उत्तर दिनेलाई पुरस्कार बाँडे । प्रश्नको उत्तर मात्र होइन राम्रो नाच्ने दर्शकले पनि छाता र टिसर्ट उपहार पाए । एनआईसी एसियाको मुख्य प्रायोजन रहेको कार्यक्रम जेठ २८ मा बिर्तामोडबाट सुरु भएको हो । पूर्वबाट नारायणगढ हुँदै आठौं प्रस्तुतिका रूपमा टोली बुटवल आएको हो । अबको प्रस्तुति असार ४ मा धनगढी हुनेछ ।

प्रकाशित : असार ३, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?