कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘मेरी मामु’ मा अश्लेषा

काठमाडौँ — ‘प्रेमगीत २’ डेब्यु गर्ल अश्लेषा ठकुरी सोही फिल्मका निर्माता सन्तोष सेनले बनाउन लागेको ‘मेरी मामु’ मा दोहोरिने भएकी छन् ।

‘मेरी मामु’ मा अश्लेषा

आफ्नै ६ वर्षे छोरा आयुबलाई ब्रेक दिन लागेका निर्माता सेनले ‘मामु’ को भूमिकाका लागि पनि कुसुम गुरुङलाई नै लिएका छन् ।

आमा र छोराबीचको सम्बन्ध, उतारचढावका बारेमा आधारित रही बन्न लागेको ‘मेरी मामु’ एउटी महिलाको आमा बन्ने चाहना, सन्तान आस र समर्पणलाई देखाइने निर्माता सेनले बताए । ‘एउटी ममतामयी आमा र अबोध बालकबीचको अन्तद्र्वन्द्व, माया बाँड्न नपाएकी महिलाको मनोवैज्ञानिक असरमा फिल्म केन्द्रित रहनेछ,’ निर्माता सेनले भने ।

आसुसेन फिल्म्सको ब्यानरमा बन्ने ‘मेरी मामु’ की मुख्य कलाकार कुसुमले सुनील पोखरेल निर्देशित नाटक ‘हरियो ढुंगा’ मा अभिनय गरेकी थिइन् । बाल मनोविज्ञानलाई समेत समातिएको ‘मेरी मामु’ मा अश्लेषाको अपोजिटमा सरुक ताम्राकार अनुबन्ध भएका छन् ।

यम थापाको लेखन तथा निर्देशन रहने फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी, कृजन गौतम, शुभम विष्टलगायतको पनि अभिनय रहनेछ ।

प्रकाशित : असार ४, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?