२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रियंका–निक सम्बन्ध !

काठमाडौँ — अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क आउजाउ गरिरहेकी छन् ।

प्रियंका–निक सम्बन्ध !

उक्त सिरियलको दोस्रो भाग छायांकनका लागि अमेरिका पुगेका बेला उनले पोहोर एउटा घर किनिन् । हाल उनी न्युयोर्कमै छिन् । र, सुनिन्छ न्युयोर्कमा घर किनेकी अभिनेत्रीले उतै घरबार अर्थात् गृहस्थी पनि बसाउने सुर कसेकी छन् ।

प्रसंग हो, प्रियंका र पप गायक निक जोनसको । यी दुई स्टार वर्षदिनयता खुब नजिकिएका छन् । गत वर्षको मेट गाला (फेसन प्रदर्शनी) देखि यिनीहरूबीचको घनिष्ठता बढेको हो । कुममा कुम मिलाएर रेड कार्पेटमा उभिएका उनीहरूबारे त्यो बेला नै गाइँगुइँ चलेको थियो । केही पत्रकारले यसबारे सोध्न छुटाएनन् पनि । तर, प्रियंकाले हाँसेर टारिन् ।

‘हाम्रो ड्रेस डिजाइनर एउटै भएकाले सँगै उभिएर पोज दिएका हौं,’ उनले भनिन् । यसपालि उनीहरू आफ्नो सम्बन्धलाई लिएर एक कदम अघि बढेको अड्कल काट्न सकिन्छ । यसै साता निककी कजन सिस्टर रसेल टाम्बुरेलीको वैवाहिक समारोहमा प्रियंका सरिक भइन् । उनलाई विशेष निम्तो पठाइएको थियो रे । निकले यसअघि कुनै पनि युवतीलाई आफ्ना पारिवारिक समारोहमा उपस्थित नगराएकाले प्रियंकासँगको उनको मित्रता पक्कै गाढा भएको अनुमान गरिएको छ ।

यतिका समाचार, शंका र होहल्लाबीच दुवै स्टार चुपचाप छन् । बलिउडतिरका मिडियाले चाहिँ ‘औपचारिक घोषणा हुन मात्र बाँकी’ रहेको बताउँदै आएका छन् । हलिउडवालाले निकका भाइ केभिनमार्फत यसबारे तथ्य पत्ता लगाउन खोजेछन् । केभिनले प्रियंका ‘सुपर असम’ (सर्वोत्तम) भए पनि निकको कुरा निकले मात्र बताउन सक्ने अभिव्यक्ति दिएका थिए । हाललाई उनीहरू साथी मात्र हुन् कि अरू केही भन्ने रहस्यकै गर्भमा छ ।

प्रकाशित : असार ५, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?