शुक्रबारदेखि ‘तिमी हुन्छौ जहाँजहाँ’

काठमाडौँ — शुक्रबारदेखि फिल्म ‘तिमी हुन्छौ जहाँजहाँ’ रिलिज हुने भएको छ । देशभरका ७५ हलमा एकसाथ रिलिज हुन थालेको उक्त फिल्मलाई विकास बस्यालले निर्देशन गरेका हुन् ।

शुक्रबारदेखि ‘तिमी हुन्छौ जहाँजहाँ’

मदन दवाडीको निर्माण रहेको उक्त फिल्ममा मनीष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई मदनसँगै डालचन्द्र दवाडी, प्रकास बाँस्कोटा र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् ।

यसमा आदर्श प्रेम प्रस्तुत गरिएको बताइएको छ । फिल्ममा वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन् । ‘तिमी हुन्छौ जहाँजहाँ’ लाई रामशरण उप्रेतीको छायांकन गरेका हुन् । जसमा कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित : असार ८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?