१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘रोमियो एन्ड मुना’ को ट्रेलर

काठमाडौँ — साउन ११ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो एन्ड मुना’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ ।

‘रोमियो एन्ड मुना’ को ट्रेलर

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठले प्रेम जोडीको भूमिका निर्वाह गरेको फिल्मको प्रोमोमा समेत दुईबीचको झगडा र प्रेमलाई दर्साइएको छ ।


नरेशकुमार केसीको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, सुषमा कार्की, प्रज्वल सुजल गिरीलगायतको पनि अभियन रहेको छ । केसीले यसअघि ‘डाइङ क्यान्ड’ निर्देशन गरेका थिए ।

प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको संयुक्त निर्माण रहेको फिल्मको पटकथा निर्देशक केसीकै हो भने फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् । विनय ‘रेशम फिलिली’ र ‘सृष्टि गाजलु’ पछि ‘रोमियो एन्ड मुना’ मार्फत दर्शकमाझ आउन लागेका हुन् ।

प्रकाशित : असार ८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?