१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फिट सेलेब्रिटी

योग दिवस
एजेन्सी

काठमाडौँ — ‘व्यायामको यो पूर्वीय पद्धति अचेल विश्वभर लोकप्रिय छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा जुन २१ लाई योग दिवस घोषणा गरेको थियो । यसले वैधता पाउनुअघि नै फुटबल स्टार डेभिड बेक्हयामले विक्रम योग गर्दै आएका थिए ।

फिट सेलेब्रिटी

बेलायती कमेडियन रसेल ब्रान्ड योगम्याट च्यापेर हिँड्दै गरेको भेटिए अनौठो मान्नु पर्दैन । उनी हरेक दिन कुण्डिलिनी अभ्यास गर्छन् ।’


बलिउड अभिनेत्री शिल्पा सेट्टी कुन्द्राले फिल्म खेल्न छोडेको वर्षौं भइसक्यो । पछिल्लो समय दुई–चार वटा फिल्ममा अतिथि भूमिकामा देखिएकी थिइन् । तर, ती भूमिकाले उनको करिअरमा कुनै टेवा पुर्‍याएनन् । हुन त यी अभिनेत्री आफ्नो सक्रिय कालमा पनि अभिनयभन्दा नृत्य र त्योभन्दा पनि बढी आफ्नो फिगरका लागि चर्चित थिइन् ।


बिहीबार अन्तर्राष्ट्रिय योग दिवसमा शिल्पाको फिगरबारे चर्चा नहुने कुरै थिएन । उनले विगत १५ वर्षदेखि निरन्तर योग गर्दै आएकी छन् । उनले एक भारतीय अनलाइन पत्रिकालाई ‘सर्भिकल स्पोन्डिलोसिस अर्थात् गर्धनको मांसपेसीमा समस्या भएपछि योग गर्न थालेको’ बताएकी छन् । ‘योगलाई आध्यात्म र विज्ञानसँग शरीरको समागम भनिन्छ तर मेरा लागि यो आत्मासँगको मेल हो,’ ४० वर्षे अभिनेत्रीले भनिन्, ‘हामी यो गतिशील युगमा आफँैलाई बिर्सिरहेका हुन्छौं, योगले स्मरण गराइदिन्छ ।’ त्यसो त शिल्पाले बिहीबार नै सोसल साइटबाट भिडियो सन्देशमा प्राणायामको व्याख्या गर्दै भनेकी छन्, ‘प्राणको अर्थ जीवन अर्थात् श्वास र आयामको अर्थ नियन्त्रण हो । जब तपाईं आफ्नो श्वासलाई नियन्त्रण गर्न सिक्नुहुन्छ तब आफ्नो जीवन र मस्तिष्कलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ ।’


दुई वर्षअघिको योग दिवसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिल्पालाई योग कार्यक्रममा निम्तो गरेका थिए । बलिउडमा उनीसँगै कंगना रनावत, मलाइका अरोरा, विपाशा वसु, ज्याक्लिन फर्नान्डिज, मन्दिरा बेदी, सोहा अलि खानलगायत अभिनेत्रीले पनि योगलाई दैनिकी बनाएका छन् । उनीहरू जहाँ पुगे पनि बिहानको केही घण्टा विभिन्न आसन र क्रियालाई समय छुट्याउँछन् । मलाइकाले दुई खुट्टा खप्ट्याएर बस्नुपर्ने पद्मासन र बाह्र चरणवाला सूर्यनमस्कार क्रिया गर्दै आएकी छन् । छोरा तैमूरलाई जन्माएपछि ‘जिरो फिगर’ की करिना कपुर खानलाई आफ्नै बढ्दो वजन फिल्ममा कमब्याकका लागि तगारो बन्ने देखियो । त्यसपछि उनले निरन्तर योग गरेर पूर्ववत् आकारमै शरीरलाई ढाल्न सफल भइन् ।
व्यायामको यो पूर्वीय पद्धति अचेल विश्वभर लोकप्रिय बनेको छ । संयुक्त राष्ट्रसंघले २०१५ मा जुन २१ लाई योगदिवस घोषणा गर्‍यो । दिवसले वैधता पाउनुअघि नै फुटबल स्टार डेभिड बेक्हयामले विक्रम योग गर्दै आएका थिए । बेलायती कमेडियन रसेल ब्रान्ड योगम्याट च्यापेर हिँड्दै गरेको भेटिए अनौठो मान्नु पर्दैन । उनी सधैं हठ योगअन्तर्गतको कुण्डिलिनी अभ्यास गर्छन् ।


पप क्विन म्याडोनादेखि अहिलेकी लेडी गागासमेत नित्य योग गर्ने सेलेब्रिटी हुन् । म्याडोना त स्टेजमै पनि विभिन्न योगासन देखाइरहेकी हुन्छिन् । गागालाई कहिलेकाहीँ अनौठो पहिरनमा योग गरिरहेको भेटिन्छ । अमेरिकी पप–रक ब्यान्ड ‘मरुन फाइभ’ को टोली कन्सर्टका लागि जहाँसुकै पुगोस्, उनीहरूका लागि ‘योगा’ लेखिएको कोठा
छुट्याइनुपर्छ । ब्यान्डका भोकलिस्ट एडम लेभाइन योग अभ्यास नगरी स्टेज चढ्दैनन् । -एजेन्सी

प्रकाशित : असार ८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?