'पुरानो बुलेट'को घोषणा

काठमाडौँ — क्रेजी इन्टरटेनमेन्ट प्रालिले पुरानो बुलेट नामक चलचित्र निर्माण गर्ने भएको छ । चलचित्र निर्माण पक्षले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी गराएको हो । 

'पुरानो बुलेट'को घोषणा

असार १५ गतेदेखि छायांकन सुरु हुने उक्त चलचित्रमा अनुप विक्रम शाही मुख्य भूमिकामा देखिदैछन् ।


चलचित्रमा वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राईको समेत अभिनय रहेको छ ।


अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राईले संयुक्त रुपमा निर्माण गर्ने उक्त चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका छन् ।


चलचित्र निर्माण गर्न १ करोड खर्च हुने कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए ।


चलचित्रमा उत्तम जंग लिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर रहेको छ ।


चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको उपस्थितीमा निर्माण पक्षले चलचित्रको घोषण गरेको थियो ।

प्रकाशित : असार ११, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?