‘कोहलपुर एक्सप्रेस’ लिएर केकी

नारायण खड्का

अस्ट्रेलिया — अभिनेत्री केकी अधिकारी केही दिनयता अस्ट्रेलियामा छिन् । आफ्नै निर्माणको ‘कोहलपुर एक्सप्रेस’ लिएर आएकी उनको फिल्म एडिलेड र होबार्टमा प्रदर्शन भइसकेको छ ।

‘कोहलपुर एक्सप्रेस’ लिएर केकी

सिडनी, मेलबर्न, ब्रिसबन लगायतका मुख्य सहरमा समेत प्रदर्शन गरिने उनले बताएकी छन् । ‘नेपाली फिल्मलाई अस्ट्रेलियाका नेपाली दर्शकहरूले अत्यन्त माया गर्नुहुन्छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यही भएर आफ्नो फिल्म लिएर यहाँ आएकी हुँ । अस्ट्रेलिया यस पहिले पनि धेरै पटक आइसकेकाले दर्शकले माया गर्नुहुन्छ । मेरो यो फिल्मलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’

महिलाप्रधान फिल्ममा उनी स्वयंका साथै प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङलगायत मुख्य भूमिकामा छन् । विशाल भण्डारी निर्देशित फिल्मले ‘नेपालमा राम्रो बजार पाएको’ दाबी गर्दै आफूले पहिलो पटक निर्माण गरेको फिल्म भएकाले समेत यसको प्रचारप्रसारमा आफंै अघि सरेको केकीले सुनाइन् ।

अस्ट्रेलिया नेपाली फिल्मकर्मी तथा संगीतकर्मीहरूका लागि मुख्य बजार बनिरहेको त छ नै, कलाकारहरू नै आएर फिल्म प्रदर्शनीमा भाग लिने चलनसमेत बढिरहेको छ । त्यति मात्र नभएर, अस्ट्रेलियामै नेपाली फिल्म बन्ने क्रम पनि बढिरहेको छ । पछिल्लो समय यहाँका व्यवसायी खिलेन्द्रराज तिम्सिनाले दुइटा फिल्म निर्माण गर्दै छन् भने दिनेश पोखरेल पनि फिल्म निर्माणमै व्यस्त छन् ।

प्रकाशित : असार १२, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?