३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जितेनको ‘तिमी जुन रैछौ...’

काठमाडौँ — एक दशक भन्दा लामो समयदेखि सक्रिय गायक, संगीतकार तथा अभिनेता जितेन तामाङ लामाको ‘तिमी जुन रैछौ...’ बोलको गीत युट्युवमार्फत् सार्वजानिक भएको छ ।

जितेनको ‘तिमी जुन रैछौ...’

वर्षा शिवकोटी, जितेन र सचिन थापाको अभिनय रहेको गीतमा जितेन स्वयंको संगीत रहेको छ भने निरलाल श्रेष्ठको रचना छ । गायक स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियोले राम्रै प्रतिक्रिया पाइरहेको छ ।

दर्जनौ गीतमा संगीत भरेका जितेनले ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘रातो घर’ लगायतका फिल्ममा समेत अभिनय गरेका छन् । म्युजिक भिडियोमा पनि उनी उत्तिकै सक्रिय छन् । यतिबेला उनी नयाँ फिल्मको तयारी गरिरहेका छन् ।

प्रकाशित : असार १६, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?