कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गीत पनि गाउँदै बलिउड नायकनायिका

काठमाडौँ — प्रियंका चोपडा र आलिया भट्टबीच के समानता होला ? अमिताभ बच्चन र सलमान खानका पनि समान पक्ष छन् कि ? फरहान अख्तर र माधुरी दीक्षित नि ? उनीहरू सबै कलाकार हुन् । यो त सबैलाई थाहा भएकै कुरा हो । यिनीहरू गायक पनि हुन् भन्ने पनि धेरैलाई थाहा होला । बलिउडका थुप्रै कलाकार अभिनय र गायन दुवैतिर संलग्न छन् ।

गीत पनि गाउँदै बलिउड नायकनायिका

शाहरूख, सलमान र आमीरले पनि बेलाबखत गाउने गरेका छन् । जुही चावला, सोनाक्षी सिन्हा, श्रद्धा कपुर, परिणीति चोपडलगायतका स्वर तपाईं–हामीले सुनेकै छौं । ऐश्वर्या रायले नगाए पनि उनका पति अभिषेक बच्चनको आवाजमा गीत रकेर्ड भएका छन् । पछिल्लो समय प्रियंका, आलिया, परिणीति, फरहान, सलमानलगायतले अभिनय मात्र नभएर आफ्ना गीतमार्फत पनि श्रोताको मन जितिरहेका छन् ।


यीसँगै बलिउडमा यस्ता कलाकार पनि छन्, जसले आफू गायक हो भनेर खुलाउने गरेका छैनन् । तर, यिनका गीत बेलाबखत बजारमा आइरहेका हुन्छन् । अभिनेत्री नरगिश फाखरीकै कुरा गरौं । उनले प्रख्यात र्‍यापर स्नुप डगसँग एउटा गीत गाएकी छन् । डक्टर जिउस र जोरा रान्धवासमेत संलग्न ‘उफर...’ बोलको गीत युटयुबमा चर्चित छ । हालसम्म ५ करोडभन्दा बढी भ्युज आएको छ ।


प्रदर्शनोन्मुख फिल्म ‘प्रस्थानम्’ मा अभिनेता सञ्जय दत्तका छोराको भूमिकामा देखिन लागेका अलि फजल फुर्सदका बेला गितार बजाउँछन् । ‘फुकरे’ फिल्ममा उनी संगीतकर्मीकै रूपमा देखिएका थिए । सुनिन्छ, उनी अचेल नयाँ गीत रेकर्ड गर्ने सुरमा छन् । अभिनेत्री ऋचा चडढा भर्सटायल कलाकारका रूपमा चिनिन्छिन् । उनमा गायनको खुबी पनि छ । शास्त्रीय संगीत सिकेकी पनि छन् ।


पछिल्लो पटक इरफान खानको ‘ब्ल्याकमेल’ फिल्ममा देखिएका अरुणोदय सिंह साहित्यमा झुकाव राख्छन् । उनका कविता र चित्रकलाका प्रशंसक उत्तिकै छन् । म्युजिकल बिटमा कविता वाचन गर्दा उनलाई सुन्न आउने मनग्गे हुने गरेका छन् । उनी गायनको पनि प्रस्तुति दिइरहेका हुन्छन् । स्टेज गायनमा अरुणोदयको राम्रो डिमान्ड छ ।


अभिनेत्री अदिति राव हैदरी कम फिल्म खेल्छिन् । तर, पछिल्ला दुई फिल्म ‘दासदेव’ र ‘पद्मावत’ मा उनको कामको प्रशंसा गरिएको थियो । उनको स्वर पनि प्रशंसा गर्न लायककै छ । उनी बलिउड गीत गाएर सामाजिक सञ्जालमा राखिरहेकी हुन्छिन् भने कतिपय फिल्मका लागि गाइदिन्छिन् पनि । तर, केमा कहिले गाइन् भन्ने खासै खुलाउदिनन् ।

प्रकाशित : असार २८, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?