कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘नाइँ नभन्नू ल ५’ को ट्रेलर

काठमाडौँ — भदौ ८ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नाइँ नभन्नू ल ५’ को सोमबार राजधानीको क्युज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको छ । ‘नाइँ नभन्नू ल’ देखि नै बालकलाकार अनुभव रेग्मी केन्द्रित यस सिरिजमा यसपटक पनि अनुभवले कोएक्टर सेड्रिना शर्मासँग जुगलबन्दी गरेका छन् । ट्रेलरमा पनि यिनै दुईले प्राथमिकता पाएका छन् । सेड्रिनाको यो डेब्यु फिल्म हुनेछ ।

‘नाइँ नभन्नू ल ५’ को ट्रेलर

‘नाइँ नभन्नू ल ५’ लाई प्राविधिक रूपले अब्बल बनाइएको निर्देशक विकास आचार्यले बताए । त्यसबाहेक समवेदनात्मक प्रेमकथा र उत्कृष्ट संगीतले यसपटक पनि निरन्तरता पाएको आचार्यले बताए ।

दोस्रो सिरिजदेखि नै निरन्तर अभिनयमा देखिएकी प्रियंका कार्कीले यसपटक पनि छोटो मीठो भूमिकामा देखिने बताइन् । उनले ‘नाइँ नभन्नू ल’ को सिरिज यात्रामा नछुट्ने हिसाबले भए पनि खेलेको बताइन् । ट्रेलर सार्वजनिक कार्यक्रममा कार्कीले भनिन्, ‘हरेक सिरिजसँगै हामी पनि ठूलो हुँदै आएका छौं । कथा र प्रस्तुतिमा पनि व्यापक भिन्नता छ ।’

‘नाइँ नभन्नू ल ५’ बाट अभिषेक नेपालले डेब्यु गर्दै छन् भने दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, स्वस्तिमा खडका, जयनन्द लामा, बुद्धि तामाङलगायत कलाकार यस पटकदेखि सिरिजमा थपिएका छन् । पूर्वी जिल्ला इलाम र झापाको पृष्ठभूमिमा कथा बुनिएको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् भने निर्देशक आचार्यले सामीप्यराज तिमल्सेनासँग मिलेर पटकथा तयार पारेका हुन् ।

प्रकाशित : असार २९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?