कार्टुन्ज क्रुको फिचरिङमा नयाँ गीत

काठमाडौँ — कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।

कार्टुन्ज क्रुको फिचरिङमा नयाँ गीत

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोमा उनको छोटो भूमिका छ ।


गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रकाशित : असार ३२, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?