१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपालमा पनि लोकप्रिय बन्दै दक्षिण भारतीय फिल्म

युटयुब ट्रेन्डिङ
‘केही साउथ इन्डियन मुभी बलिउडभन्दा पनि राम्रो हुन्छन् र बढी मसालायुक्त पनि । प्राय: नेपाली दर्शकले त्यस्ता मसलायुक्त हार्ड एक्सन, हल्काफुल्का लभस्टोरी नै रुचाइरहेको देखियो ।’

काठमाडौँ — पछिल्लो समय दक्षिण भारतीय फिल्मको प्रभाव विश्वव्यापी बन्दै गइरहेको छ । नेपाल पनि अछुतो छैन । मंगलबारको युटयुब ट्रेन्डिङले पनि यसलाई पुष्टि गरेको छ । माही वी राघव निर्देशित ‘कञ्चना ३’ र भाष्कर निर्देशित ‘रामकी जंग’ मंगलबार दिनभरि नै युटयुब ट्रेन्डिङको पहिलो र दोस्रो स्थानमा रहे । हिन्दीमा डब गरिएका यी फिल्महरू एक दिनअघि मात्रै युटयुबमा अपलोड गरिएका थिए ।

नेपालमा पनि लोकप्रिय बन्दै दक्षिण भारतीय फिल्म

तापसी पन्नु, श्रीनिवास रेड्डी, राजीव कनकला, वेनेला किशोरलगायत अभिनीत ‘कञ्चना ३’ हरर जानराको हो । फिल्ममा एउटा प्रवासी भारतीयले आफ्नो पुख्र्यौली घर बेच्न चाहेको कथा छ । पछि त्यो घरमा भूतप्रेतले तर्साउने खबर फैलिन थाल्छ । ७० लाखभन्दा बढीले हेरिसकेको फिल्ममा नेपाली दर्शकले ‘आफूहरू तापसीको फयान रहेको र नेपालबाट माया गर्ने’ जस्ता प्रतिक्रिया दिएका छन् । लक्ष्मी कँडेलले लेखेकी छन्, ‘म नेपालबाट हुँ र यो फिल्ममा राघवलाई
हेर्न चाहन्छु ।’


राम चरण, जेनेलिया डिसुजा, प्रकाश राजलगायतले खेलेको ‘रामकी जंग’ लाई धेरैले युटयुबमा प्रशंसासाथ प्रतिक्रियाहरू छाडेका छन् । प्रेमकथामा आधारित फिल्म ट्रेन्डिङको दोस्रो नम्बरमा छ । दर्शकले फिल्मदेखि, गीत, अभिनेता, अभिनेत्री सबै मन परेको प्रतिक्रिया दिएका छन् ।


चलचित्र समीक्षक समाज (फिक्सन) का उपाध्यक्ष दीपेन्द्र लामाका अनुसार, नेपाली दर्शकहरूले अहिले पनि मेलो ड्रामा फिल्म रुचाउने गरेका छन् । रजनी कान्त, कमल हासनका हिन्दीमा डब गरिएका फिल्महरूका कारण नेपालमा पनि दक्षिण भारतीय फिल्मका फयानहरू बढेका हुन् । त्यो क्रम अहिले पनि छ । ‘बाहुबली १’ को सफलतापछि पनि नेपालमा त्यताका फिल्मको प्रभाव हवात्तै बढेको उनले अडकल काटे । ‘केही साउथ इन्डियन मुभी बलिउडभन्दा पनि राम्रा हुन्छन् र बढी मसालायुक्त पनि,’ उनले भने, ‘प्राय: नेपाली दर्शकले त्यस्ता मसलायुक्त हार्ड एक्सन, हल्काफुल्का लभस्टोरी नै रुचाइरहेको देखियो । हिन्दीमा डब गरिएकाले बुझ्न पनि सजिलो भएको हुन सक्छ ।’


युटयुबको तेस्रो नम्बरमा चाहिँ उज्बेकिस्तानकी आठ वर्षीया बालिकाले भ्वाइलिन बजाउँदै आफ्ना परिवारसाथ हिन्दी गीत गाएको भिडियो छ ।


रूसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारै सकियो, फाइनलमा क्रोएसियालाई ४–२ अन्तरले पराजित गर्दै फ्रान्स २० वर्षपछि दोस्रो पटक विश्वविजेता बन्यो । विश्वकपमा कुन देशका खेलाडीले कुन अवार्ड हात पारे भन्ने भिडियोचाहिँ यति बेला युटयुब ट्ेरन्डिङको चौथो नम्बरमा आइपुगेको छ । एक दिनअघि अपलोड गरिएको भिडियोमा झन्डै एक लाख भ्युज छन् । विश्वकपमा ४ गोल गरेका फ्रान्सका एम्बाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेकोप्रति धेरैले खुसी जनाएका छन् ।


मेस्सी, रोनाल्डो, एम्बाप्पेका फयानहरूबीच भने एकअर्कालाई खिसी उडाउँदै प्रतिक्रिया दिने काम भइरहेको छ । युटयुब युजर प्रेम राईले प्रतिक्रिया लेखेका छन्, ‘धेरै हाउभाउ गरेर एम्बाप्पेले योङ बेस्ट प्लेयर पायो, बधाइ छ । तर मेस्सी, रोनाल्डोको स्तरमा पुग्न सक्दैन । सायद ग्यारेथ बेलको दाँजोमा पुग्न पनि मुस्किल होला ।’ उनको प्रतिक्रियामा प्रदीप नेपालले लेखेका छन्, ‘अब मेस्सी र रोनाल्डोहरूको जमाना गयो । अबका स्टार भनेका एम्बाप्पे, लुकाकुहरू हुन् ।’ युटयुब युजर सेनयास्टेक टेकको प्रतिक्रियामा ‘कहिल्यै फिफा खेल्न पाउँदैन क्यारे, अरूले केके जिते भनेर खुसी मनाइयो’ लेखिएको छ ।


ट्ेरन्डिङको पाँचौँ स्थानमा ‘मेरी बास्सै’ शृंखलाको ५५८ औं एपिसोड छ । छ दिनअघि अपलोड गरिएको एपिसोडले मंगलबार अपराह्नसम्म १६ लाखभन्दा बढी भ्युज पाएको छ । असारे रोपाइँलाई विषयवस्तु बनाइएको एपिसोडलाई धेरैले मन पराएका छन् । यसमा दर्शकले ‘सन्देशमूलक कार्यक्रम,’ ‘आफ्नो गाउँको याद आयो’ जस्ता प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?