कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दरबारिया शैलीमा ‘हुकुम’

काठमाडौँ — भदौ २२ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सुश्री सम्पत्ति’ को ‘हुकुम...’ बोलको गीतको छायांकन भएको छ । गीतमा दरबारिया नाच र रमाइलो प्रस्तुत गरिएको छ । पात्रका भेषभूषालाई पनि त्यही ढाँचामा ढालिएको छ ।

दरबारिया शैलीमा ‘हुकुम’

गीतमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचरिङ छन् । उनीहरूलाई कोरसले साथ दिएका छन् । गम्भीर विष्टले नृत्य निर्देशन गरेको उक्त गीत सुरेश अधिकारीले लेखेका र संगीतबद्ध गरेका हुन् । यसमा विशाल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

एउटी धनी युवतीको खोजीमा निस्किएका बेरोजगार युवाहरूको कथाव्यथा समेटिएको फिल्मलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । क्यामेरा अर्जुन तिवारीले सम्हालेका छन् । ‘हुकुम...’ गीत भने शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । उक्त गीतलाई कोरियोग्राफर विष्टले पाटन दरबारलगायतका दरबार झल्कने पृष्ठभूमिमा खिचाएका छन् ।

‘हामीले फिल्मको सुटिङ सकेको भए पनि यही गीत खिच्न भनेर केही समय ब्रेक लिएका थियौं,’ निर्देशक आचार्यले भने, ‘यो गीतमा राणाकालीन पोसाक र दरबारमा भारदारहरूसँगको नाच र रमाइलो उपयुक्त हुने लागेर हामीले प्रस्तुत गरेका हौं ।’ कोरियोग्राफर विष्टले थपे, ‘यो गीत कसरी र किन यस्तो कन्सेप्टमा गरियो भन्ने जिज्ञासा फिल्म हेरेपछि मेटिन्छ ।’

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनीता श्रेष्ठ ठकुरीलगायतको पनि अभिनय छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?