‘भाग्यले बाँचेकाहरु’लाई अमेरिकामा सम्मान  

काठमाडौँ — भूकम्प पीडामाथि निर्मित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेलाई अमेरिकी सरकारको न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको छ । तीन वर्षअघि नेपालमा गएको भूकम्पमाथि फिल्म बनाएर विश्वको ध्यान नेपालतिर खिच्न सफल भएको भन्दै न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको हो ।

‘भाग्यले बाँचेकाहरु’लाई अमेरिकामा सम्मान  

काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्र हालै न्युजर्सी सिटीकी सल्लाहकार डा. विष्णुमाया परियारले निर्देशक पाण्डेलाई हस्तान्तरण गरिन् ।

न्युयोर्कमा युनाइटेड शेर्पा एशोसिएसन र यूएसनेपाल अनलाइनले संयुक्त रुपमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन समेत गरेको निर्देशक पाण्डेले जनाए । वैशाख १२ गतेको भूकम्पलाई विदेशी भूमिमा बसेर पर्दामा हेर्दा अधिकांश दर्शक भावुक बनेका थिए’, हालै नेपाल फर्केका पाण्डेले भने ।


विभिन्न १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल ‘भाग्यले बाँचेकाहरु’ले बेलायतको संसद्‍मा समेत प्रदर्शन हुने पहिलो नेपाली डकुमेन्ट्री हो । ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो डकुमेन्ट्री १३ वटा अन्तर्राष्ट्रिय भाषामा पनि अनुवाद भइसकेको छ ।


साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको उक्त डकुमेन्ट्रीको छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् ।


प्रकाशित : श्रावण ९, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?