संगीतले लोकप्रिय

कान्तिपुर संवाददाता

काठमाडौँ — २३ अप्रिल २००३ मा जावेद नामक युजरले युटयुबमा ‘मी एट द जु’ शीर्षक भिडियो अपलोड गरेका थिए । यो नै युटयुबको पहिलो भिडियो हो, जसमा हालसम्म ५ करोड भ्युज छ । योपछि युटयुबमा भिडियोको बाढी आयो ।

अहिले प्रत्येक मिनेट कुल ३ सय घण्टाको भिडियो अपलोड हुने युटयुबको दाबी छ । यीमध्ये सबैभन्दा धेरै पटक हेरिएको भिडियो कुन होला ? वा, कसले सर्वाधिक भ्युज पाएको छ ?

२०१७ मा रिलिज भएको ‘डिस्पासितो...’ मा बुधबारसम्म झन्डै साढे ५ अर्ब भ्युज थियो । लुइस फोन्सी र डयाडी यांकीले गाएको यो ल्याटिन गीतको भिडियो नै युटयुबमा सबैभन्दा बढी हेरिएको भिडियो हो । युटयुब मात्र भएर बिलबोर्ड हट हन्ड्रेडमा समेत यो पहिलो नम्बरमा पर्न सफल भयो । स्पेनी भाषाको गीतले दुई दशकपछि यो स्थान हासिल गरेको बिलबोर्डले जनाएको थियो । यसलाई पछि क्यानडेली गायक जस्टिन बिबरले अंग्रेजीमा गाइदिए ।

Yamaha

युटयुबमा ‘डिस्पासितो...’ छाउनुअघि विज खालिफा र चार्ली पुथको ‘सी यु अगेन...’ सर्वाधिक हेरिएको भिडियो थियो । फिल्म ‘फास्ट एन्ड फयुरियस ७’ का लागि रचिएको गीत स्व. अभिनेता पल वाकरमा समर्पित थियो । म्युजिक स्ट्रिमिङ साइट स्पोटिफाईमा सर्वाधिक स्ट्रिम भएको भिडियोको कीर्तिमानी पनि यसले राखेको छ । सन् २०१५ को बेस्ट सेलिङ गीतले त्यो बेला भाइरल भएको ‘गङनम स्टाइल...’ लाई पछि पारेको थियो । हाल ३ अर्ब भ्युजसहित यो युटयुबमा दोस्रो सर्वाधिक हेरिएको भिडियो हो ।

बेलायती गायक एड सिरनले आफ्नो तेस्रो स्टुडियो एल्बममा समेटेको ‘सेप अफ यु...’ गीत सर्वाधिक हेरिने तेस्रो म्युजिक भिडियो हो । २०१७ मा रिलिज हुँदाताका नै ४४ देशको म्युजिक चार्टमा यो पहिलो नम्बरमा परेको थियो । पछिल्लो ग्रामी अवार्डमा बेस्ट पप सोलो पर्फमेन्समा मनोनयनमा समेत परेको गीत भिडियो आउनुअघि नै युटयुबमा चर्चित भएको थियो ।

युटयुबमा करोडौं भ्युज पाएर सबैभन्दा पहिलो पटक हल्लाखल्ला मच्चाउन सफल गीतका रूपमा ‘गङनम स्टाइल...’ लाई नै लिइन्छ । कोरियाली गायक साईको यो म्युजिक भिडियोलाई लिएर धेरै समय बहस पनि भयो । गैरअंग्रेजी भाषाको गीतले यत्तिका भ्युज पाएको यो पहिलो पटक थियो । युटयुबमा १ हजार ६ सय ८९ दिनसम्म सर्वाधिक धेरै भ्युजसहित टिकिरहनुलाई यसको अर्को कीर्तिमान मानिन्छ । अहिले भने ३ खर्ब भ्युजसहित चौथो स्थानमा छ ।

बिलबोर्ड हट हन्ड्रेडमा १४ हप्तासम्म पहिलो नम्बरमा रहन सफल ‘अपटाउन फंक...’ ले सन् २०१५ मा दुइटा ग्रामी अवार्ड जितेको थियो । बेलायती संगीत निर्माता मार्क रोनसन र अमेरिकी गायक ब्रुन मार्सको गीत अहिले भने युटयुबमा सर्वाधिक हेरिएका म्युजिक भिडियोको सूचीमा पाँचौँ स्थानमा छ । यसपछिको सूचीमा जस्टिन बिबरको ‘सरी...’, मरुन फाइभको ‘सुगर...’, टेलर स्विफ्टको ‘सेक इट अफ...’ र एनरिके इग्लेसियसको ‘बाइलान्दो...’ क्रमश: दसौं स्थानमा छन् ।

यसरी हेर्दा युटयुबमा डान्सिङ बिटका गीत सर्वाधिक हेरिएको पाइन्छ । भाषाभन्दा म्युजिकका कारण गीत लोकप्रिय बनेको प्रमाण ‘डिस्पासितो...’ र ‘गङनम स्टाइल...’ ले दिन्छन् । ‘सी यु अगेन...’ बाहेक पाँचमध्ये चार गीत फास्ट नम्बरका छन् । यी क्लब सङलाई युटयुबका १ अर्ब ३० करोड प्रयोगकर्ताले सर्वाधिक मन पराएको पाइन्छ ।

– एजेन्सी

उत्कृष्ट पाँच
-डिस्पासितो : लुइस फोन्सी/डयाडी यांकी
-सी यु अगेन : विज खालिफा/चार्ली पुथ
-सेप अफ यु : एड सिरन
-गङनम स्टाइल : साई
-अपटाउन फंक : मार्क रोनसन/ब्रुनो मार्स

Esewa Pasal

प्रकाशित : श्रावण १०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मूर्तिकलाको इतिहास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मूर्तिकलाको इतिहास र शैली, परम्परा, महत्त्वको विश्लेषण गर्दै कला समीक्षक मुकेश मल्लले पुस्तक निकालेका छन् ।

‘नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रूपरेखा’ मा उनले मूर्तिकलाको इतिहासलाई समसामयिक, आधुनिक र उत्तरआधुनिक खण्डमा विभाजन गरेर व्याख्या गरेका छन् । ‘मूर्तिमा देखिएको लक्षण र स्वभावलाई हेरेर विभाजन गरेको हुँ,’ उनले भने, ‘यसमा सबै मूर्तिकार नसमेटिएका होलान् । सकेसम्म विभिन्न कालखण्डमा विशेष योगदान दिएर मूर्तिकलामा नयाँ आयाम भित्र्याउनेहरूलाई छुटाएको छैन ।’

मल्लका अनुसार नेपालीमा अभिलेखन संस्कारको कमी छ, कलाको विषयमा लेख्न मन लाग्यो भने सूचना पाउने ठाउँ छैन । विदेशबाट कन्टेम्पोररी आर्टमा पीएचडी, मास्टर गर्न आउने गरेका विद्यार्थीहरूले समेत गुनासो गर्ने गरेको उनले सुनाए ।

तीसको दशकदेखि कला क्षेत्रमा कलम चलाउन सुरु गरेका मल्लको यो एघारौँ कृति हो ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT