२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

‘सिंहदरबार-२’ टेलिश्रृंखला शनिबारदेखि प्रसारण 

नवीन सुब्बाद्वारा निर्देशित टेलिश्रृंखला ‘सिंहदरबार-२’ को शनिबारदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८:५० देखि ९:३० बजेसम्म प्रसारण हुने निर्माण पक्षले जनाएको छ । यो पटक ‘सिंहदरबार-२’ को १३ भाग रहेको छ । 

‘सिंहदरबार-२’ टेलिश्रृंखला शनिबारदेखि प्रसारण 

फिल्मकर्मीहरू दुईतिर

भारतको जी सिने फिल्म अवार्ड मंसिर २२ मा काठमाडौंमा हुने भएपछि यसले तरंग ल्याएको छ । अवार्डमा सामेल गर्ने भनिएको ‘नेपाल क्याटेगोरी’ का कारण नेपाल भारतको अर्को प्रान्तका रूपमा दरिन सक्ने कतिपयले आशंका गरेका छन् भने कतिपयले कसैबाट सम्मान पाउनुलाई अन्यथा मान्न नहुने तर्क गरेका छन् ।

फिल्मकर्मीहरू दुईतिर

बोस्टनमा गुन्जिइन् अञ्जु

गायिका अञ्जु पन्तले अमेरिकामा पहिलो पल्ट एकल साँझ गरेकी छन् । बोस्टनको आर्लिंग्टनस्थित रिजेन्ट थिएटरमा हालै आयोजित ‘अञ्जु पन्त सुमधुर सन्ध्या’ मा उनले लोकप्रिय गीतहरूमार्फत श्रोतालाई मनोरञ्जन दिइन् ।

बोस्टनमा गुन्जिइन् अञ्जु
श्रावण १०, २०७५

संगीतले लोकप्रिय

२३ अप्रिल २००३ मा जावेद नामक युजरले युटयुबमा ‘मी एट द जु’ शीर्षक भिडियो अपलोड गरेका थिए । यो नै युटयुबको पहिलो भिडियो हो, जसमा हालसम्म ५ करोड भ्युज छ । योपछि युटयुबमा भिडियोको बाढी आयो ।

संगीतले लोकप्रिय
श्रावण ९, २०७५

‘भाग्यले बाँचेकाहरु’लाई अमेरिकामा सम्मान  

भूकम्प पीडामाथि निर्मित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेलाई अमेरिकी सरकारको न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको छ । तीन वर्षअघि नेपालमा गएको भूकम्पमाथि फिल्म बनाएर विश्वको ध्यान नेपालतिर खिच्न सफल भएको भन्दै न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको हो ।

‘भाग्यले बाँचेकाहरु’लाई अमेरिकामा सम्मान  

रंगमञ्चमा अर्गानिक स्वाद

आफ्नै करेंसाबारीमा हलक्क बढ्दै गरेको फर्सीका मुन्टा टपक्क टिपेर तरकारी पकाउँदाको मज्जा बेग्लै हुन्छ,’ अनामनगरस्थित मण्डला थिएटरछेउको एउटा भान्साघरमा रंगकर्मी आशान्त शर्मा भन्दै थिए, ‘अझ गोलभेंडाको अचार र अकबरे खुर्सानीसँग ढिँडो खान पाए !’

रंगमञ्चमा अर्गानिक स्वाद

‘शाकाहारी हुनु राम्रो’

शाकाहारी बन्ने बलिउड सेलिब्रिटीको पंक्तिमा अनुष्का शर्मा पनि पर्छिन् । उनले आफू शाकाहारी बन्नुको उद्देश्य नै जनावरप्रति हुने दानवीय व्यवहारलाई बदल्नु रहेको बताउँदै आएकी छन् ।

‘शाकाहारी हुनु राम्रो’
श्रावण ८, २०७५

फिल्मदेखि विरोध प्रदर्शनसम्म

दुई वर्षअघि ‘झुम्की’ फिल्म प्रदर्शन हुँदा हलमा दर्शक संख्या न्यून थियो । अहिले यही फिल्म युटयुबमा आउँदा अपलोड भएको तीन दिनमै ट्रेन्डिङको अघिल्लो स्थानमा आइपुगेको छ । सोमबारसम्म भ्युज झन्डै दस लाख पुग्दा बाह्र सय प्रतिक्रिया थिए ।

फिल्मदेखि विरोध प्रदर्शनसम्म

हिमालयन कन्क्लेभसँगै जी सिने अवार्ड हुने

दक्षिण एसियाली मुलुकमा फिल्म सुटिङका लागि एकद्वार प्रणाली अपनाउने रणनीति बनाउन काठमाडौंमा उक्त मुलुकका फिल्मकर्मी सम्मिलित बृहत् फिल्म सम्मेलन हुने भएको छ ।

हिमालयन कन्क्लेभसँगै जी सिने अवार्ड हुने
श्रावण ७, २०७५

चाड महिलाको, गीत पुरुषको

तीज आउन झन्डै डेढ महिना बाँकी छ, सांगीतिक माहोल भने सुरु भइसकेको छ । भदौ २७ मा परेको तीज (हरितालिका) लाई लिएर अहिले नै धमाधम म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् । रोचक के भने, तीज गीतमा बिस्तारै पुरुष स्वर हावी हुँदै गएको छ ।

चाड महिलाको, गीत पुरुषको

फिल्म सिटी कता !

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले कास्कीको धिताल गाउँमा फिल्म सिटी बनाउने घोषणा गरिदिए । फिल्मकर्मी उदय सुब्बाको संयोजकत्वमा निर्माण समिति बनाउँदै स्टुडियो निर्माणका लागि सरकारसमक्ष दुई अर्ब बजेट पनि माग गरे ।

फिल्म सिटी कता !

लसुनप्रेमी मार्केल

प्रिन्स हयारीसँग विवाह गरेयता अभिनेत्री मेघान मार्केल समाचारको शीर्षक बनिरहेकी छन् । यस पटक उनको विवशतालाई लिएर खबर छापिएको छ । कुरा के भएछ भने, उनी तरकारीमा लसुन हालेको मन पराउने, लसुनका परिकार स्वाद मानीमानी खादिँरहिछन् । तर, उनकी बूढीसासु–आमा अर्थात् महारानी एलिजाबेथ लसुन भनेपछि दुरदुर भाग्ने ! 

लसुनप्रेमी मार्केल

‘रातको कुरा’ गर्दै प्रियंका–प्रमोद

कान्तिपुर टेलिभिजनकी भिजे संगीता श्रेष्ठको पहिलो निर्देशन ‘कथा काठमाडौं’ को नयाँ गीत ‘रातको कुरा...’ आइतबार सार्वजनिक भएको छ । इन्दिरा जोशीले गाएको गीतमा उनी पनि स्टेज गायिकाका रूपमा फिचरिङ छिन् । कलाकारहरू प्रियंका कार्की र नायक प्रमोद अग्रहरीले गीतमा बोल्ड सिन दिएका छन् ।

‘रातको कुरा’ गर्दै प्रियंका–प्रमोद