बोस्टनमा गुन्जिइन् अञ्जु

कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका अञ्जु पन्तले अमेरिकामा पहिलो पल्ट एकल साँझ गरेकी छन् । बोस्टनको आर्लिंग्टनस्थित रिजेन्ट थिएटरमा हालै आयोजित ‘अञ्जु पन्त सुमधुर सन्ध्या’ मा उनले लोकप्रिय गीतहरूमार्फत श्रोतालाई मनोरञ्जन दिइन् ।

आफ्नो तेस्रो एकल गायन साँझका रूपमा आयोजित कन्सर्टमा अञ्जुले ‘न बिर्सें तिमीलाई’, ‘पूर्व–पश्चिम रेल’, ‘सुर्के थैली खै’, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘तिमी रोएको पल’, ‘दिल यो मेरो दिल’, ‘कहाँ थियौ तिमी’ सुनाइन् । ‘कसले चोयो मेरो मन’, ‘चरी चट्ट परी भुरुरु,’ ‘पीरमा पनि हाँस्न सक्छे एउटी छोरी मान्छे’, ‘जिन्दगी यो फूलैफूलको’, ‘मैले तिमीलाई चाहेर पनि’ लगायत दुई दर्जन गीत गाएर उनले दर्शकश्रोतालाई घरी भावुक त घरी रौसे बनाएको कन्सर्ट संयोजक गजलकार सुरेश वाग्लेले जानकारी दिए ।

नेपाली श्रोताको बाक्लो उपस्थितिमाझ अञ्जुलाई सारंगीमा श्याम नेपाली, तबलामा सागर खतिवडा, बाँसुरीमा रञ्जन बुढाथोकी, ढोलकमा राज कपुर, ड्रममा उज्ज्वल धौभडेल, किबोर्डमा अनुप भण्डारी, गितारमा शैलेन्द्र सिंह, गितारमा सुशील घिमिरे र मादलमा अनुभव थपलियाले साथ दिएका थिए । युगल गायनमा अञ्जुलाई प्रवीन परियारले सघाएका थिए ।

अमेरिकामा पहिलो गायन साँझ गरेकी अञ्जुलाई आयोजक हिमालयन हेरिटेज कल्चरल एकेडेमीका अध्यक्षसमेत रहेका वाग्ले र ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणि आचार्यले सम्मानसमेत गरेका थिए ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कविमनको सरकार !

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकार कविमनको रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट प्रतिवेदन पेस गर्ने कार्यक्रममा उनले प्रतिष्ठानलाई सहयोगको आश्वासनसमेत दिएका छन् ।

प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्रीलाई बिहीबार दुई वर्षको प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट प्रतिवेदन लिँदै प्रधानमन्त्रीले प्रतिष्ठानका तर्फबाट दुई वर्षको प्रतिवेदन एकसाथ बुझाइनुले सरकार–प्रतिष्ठान दूरी बढेको महसुस भएको उल्लेख गर्दै अब यस्तो नहुने बताए । ‘कवि नभए पनि कविमन भएको सरकार छ,’ उनले भने, ‘प्रतिष्ठानलाई सरकारका तर्फबाट सहयोग बढ्नेछ । अबको साहित्य कस्तो लेखिनुपर्छ भन्नेमा प्रतिष्ठान विशेष ढंगले लाग्नुपर्छ । ज्ञान र विज्ञानको केन्द्र हामै्र माटो हो । न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त बनाउनुभन्दा पहिले नै पूर्वीय गणितज्ञ भाष्कराचार्यले सिद्धान्त बनाइसकेका थिए ।’

कुलपति उप्रेतीले दुई वर्षमा ९३ वटा अध्ययन अनुसन्धानको काम भएको जनाए । प्रतिष्ठानकै अगुवाइमा देशभर १ सय १४ वटा गोष्ठी, सम्मेलन र कार्यशाला भएको पनि उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७५ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT