कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘सिंहदरबार-२’ टेलिश्रृंखला शनिबारदेखि प्रसारण 

कान्तिपुर संवाददाता

ललितपुर — नवीन सुब्बाद्वारा निर्देशित टेलिश्रृंखला ‘सिंहदरबार-२’ को शनिबारदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८:५० देखि ९:३० बजेसम्म प्रसारण हुने निर्माण पक्षले जनाएको छ । यो पटक ‘सिंहदरबार-२’ को १३ भाग रहेको छ । 

‘सिंहदरबार-२’ टेलिश्रृंखला शनिबारदेखि प्रसारण 

टेलिश्रृंखलाले काँचको पर्दामा नेपालको पहिलो महिला प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । आशा सिंहको भूमिका चर्चित अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छन् । नेपालमा संघीय संरचना त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । साथै संघीय संरचनाका चुनौती र अवसरहरुबारे पनि बुझ्न सकिने बताइएको छ ।


त्यस्तै मानव वेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार जस्ता मुद्दालाई पनि समेटिएको छ । यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विकलगायतले अभिनय गरेका छन् ।


टेलिश्रृंखला ‘सिंहदरबार-२’ को पटकथा लेख अविनास विक्रम शाह र छिरिङ्ग छोडेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गरेका छन् । पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गरेका छन् ।

प्रकाशित : श्रावण ११, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?