मनोरञ्जन
श्रावण १२, २०७५

‘मायाको खेलमा’ मोहन 

गायक मोहन राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरुसहित आएका छन् । उनको दोस्रो एल्बम ‘मायाको खेल’ मा व्याकुल माइला, प्रदीप ज्ञवाली, नव सिलवाल, दिनेश थपलियादेखि मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मासम्मका गीत छन् ।

गायिका योजना पुरीको तीज गीत सार्वजनिक

गायिका योजना पुरीको 'सपक्कै सारी सप्को पारेर' बोलको तीज गीत सार्वजनिक भएको छ । कमल सरगमको शब्द,एकनारण भण्डारीको लय रहेको यो गीतमा पुरीको आवाज छ । 

‘गुरुबिना संगीत अपूर्ण’

गायिका संगीता प्रधान राना केहीअघि समस्यामा थिइन् । उनका श्रीमान् किशोर रानाको मृगौला प्रत्यारोपण गर्नुपरेकाले ठूलो रकम जोहो गर्नुपर्ने भयो । कसरी जम्मा पार्ने ? सोचमग्न भइरहेकै बेला उनका विद्यार्थीहरू भेट्न आए । तिनले भने, ‘नआत्तिनुस् म्याम, हामी सहयोग गर्छौं ।’ त्यो क्षण संगीता भावुक बनिन् । अहिले उनी भन्छिन्, ‘त्यो नै मेरा लागि सबैभन्दा ठूलो गुरुदक्षिणा थियो ।’

श्रावण ११, २०७५

‘सिंहदरबार-२’ टेलिश्रृंखला शनिबारदेखि प्रसारण 

नवीन सुब्बाद्वारा निर्देशित टेलिश्रृंखला ‘सिंहदरबार-२’ को शनिबारदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८:५० देखि ९:३० बजेसम्म प्रसारण हुने निर्माण पक्षले जनाएको छ । यो पटक ‘सिंहदरबार-२’ को १३ भाग रहेको छ । 

फिल्मकर्मीहरू दुईतिर

भारतको जी सिने फिल्म अवार्ड मंसिर २२ मा काठमाडौंमा हुने भएपछि यसले तरंग ल्याएको छ । अवार्डमा सामेल गर्ने भनिएको ‘नेपाल क्याटेगोरी’ का कारण नेपाल भारतको अर्को प्रान्तका रूपमा दरिन सक्ने कतिपयले आशंका गरेका छन् भने कतिपयले कसैबाट सम्मान पाउनुलाई अन्यथा मान्न नहुने तर्क गरेका छन् ।

ADVERTISEMENT

बोस्टनमा गुन्जिइन् अञ्जु

गायिका अञ्जु पन्तले अमेरिकामा पहिलो पल्ट एकल साँझ गरेकी छन् । बोस्टनको आर्लिंग्टनस्थित रिजेन्ट थिएटरमा हालै आयोजित ‘अञ्जु पन्त सुमधुर सन्ध्या’ मा उनले लोकप्रिय गीतहरूमार्फत श्रोतालाई मनोरञ्जन दिइन् ।

श्रावण १०, २०७५

संगीतले लोकप्रिय

२३ अप्रिल २००३ मा जावेद नामक युजरले युटयुबमा ‘मी एट द जु’ शीर्षक भिडियो अपलोड गरेका थिए । यो नै युटयुबको पहिलो भिडियो हो, जसमा हालसम्म ५ करोड भ्युज छ । योपछि युटयुबमा भिडियोको बाढी आयो ।

श्रावण ९, २०७५

‘भाग्यले बाँचेकाहरु’लाई अमेरिकामा सम्मान  

भूकम्प पीडामाथि निर्मित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेलाई अमेरिकी सरकारको न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको छ । तीन वर्षअघि नेपालमा गएको भूकम्पमाथि फिल्म बनाएर विश्वको ध्यान नेपालतिर खिच्न सफल भएको भन्दै न्युजर्सी सिटी काउन्सिलले सम्मान गरेको हो ।

रंगमञ्चमा अर्गानिक स्वाद

आफ्नै करेंसाबारीमा हलक्क बढ्दै गरेको फर्सीका मुन्टा टपक्क टिपेर तरकारी पकाउँदाको मज्जा बेग्लै हुन्छ,’ अनामनगरस्थित मण्डला थिएटरछेउको एउटा भान्साघरमा रंगकर्मी आशान्त शर्मा भन्दै थिए, ‘अझ गोलभेंडाको अचार र अकबरे खुर्सानीसँग ढिँडो खान पाए !’

‘शाकाहारी हुनु राम्रो’

शाकाहारी बन्ने बलिउड सेलिब्रिटीको पंक्तिमा अनुष्का शर्मा पनि पर्छिन् । उनले आफू शाकाहारी बन्नुको उद्देश्य नै जनावरप्रति हुने दानवीय व्यवहारलाई बदल्नु रहेको बताउँदै आएकी छन् ।