कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गायिका योजना पुरीको तीज गीत सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका योजना पुरीको 'सपक्कै सारी सप्को पारेर' बोलको तीज गीत सार्वजनिक भएको छ । कमल सरगमको शब्द,एकनारण भण्डारीको लय रहेको यो गीतमा पुरीको आवाज छ । 

गायिका योजना पुरीको तीज गीत सार्वजनिक

भिडियोसहित सार्वजनिक भएको यो गीतमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीको अभिनय रहेको छ ।

युट्युबनेपाल च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोले दर्शकहरुको राम्रै माया पाइरहेको गायिका पुरीले जानकारी दिइन् ।


१० वर्षअघि सांगितिक क्षेत्रमा पाइला टेकेकी योजनाको यो चौथो तीज गीत हो ।

प्रकाशित : श्रावण १२, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?