कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘मायाको खेलमा’ मोहन 

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक मोहन राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरुसहित आएका छन् । उनको दोस्रो एल्बम ‘मायाको खेल’ मा व्याकुल माइला, प्रदीप ज्ञवाली, नव सिलवाल, दिनेश थपलियादेखि मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मासम्मका गीत छन् ।

‘मायाको खेलमा’ मोहन 

नयाँ पुस्तालाई मायाप्रेमसँगै देशप्रेमको पनि सन्देश बाँड्न एल्बममा दुई प्रकृतिका गीत समेटिएको मोहनले बताए । इलामेली गायकले अघिल्लो एल्वम ‘कस्तो सपना’ मा पनि मायाप्रेमसित देशभक्ति जोडदै झलनाथ खनालदेखि पवन चाम्लिङसम्मका गीत समेटेका थिए ।


दोस्रो एल्बमका लागि परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले ‘हिमालको पाखाभरि...’ गीतमा मुलुकको राष्ट्रियता झल्काएका छन् । त्यस्तै, थपलियाले पनि इलामको बयान गर्दै देशभक्तिलाई जोडेका छन् । यसबाहेक एल्बममा ‘मायाको खेल...’, ‘तिमीसित भेट भयो...’, ‘तिम्रो आँखामा...’, ‘कहाँबाट हाम्रो...’, ‘सम्झनाको शीत...’, ‘नेपाल आमा...’, ‘तिमीसित भेट भयो...’ सहित लगायत आठ गीत छन् । मोहनलाई एउटा गीतमा गायिका अञ्जु पन्तले साथ दिएकी छन् । एल्बमका गीतहरुमा राजनराज शिवाकोटी, कन्काइस्ट राई, शिखर सन्तोष, दिनेश सुब्बा, कृष्णभक्त राईको संगीत सुन्न सकिन्छ

प्रकाशित : श्रावण १२, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?