कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टेलरको टिकट दान

एजेन्सी

काठमाडौँ — अमेरिकी गायिका टेलर स्विफ्टले वेमाउथ, मासाचुसेट्सका प्रहरी कर्मचारीलाई आफ्नो कार्यक्रमको टिकट उपहार दिएकी छन् । सहकर्मीको मृत्युका कारण शोकमग्न संगठनलाई उनले टिकट दिएर कार्यक्रममा निम्तो गरेकी हुन् ।

टेलरको टिकट दान

कार दुर्घटनाको मुद्दालाई लिएर अनुसन्धान गरिरहेका हबलदार माइकल चेस्नको केही दिनअघि हत्या भएको थियो । यसअघि ७७ वर्षे एक वृद्धाको ज्यान लिएका व्यक्ति नै माइकलको पनि हत्या गरेको अड्कल काटिएको छ । सहकर्मीको निधनले निराश बनेका प्रहरी टोलीलाई टेलरले कार्यक्रममा आएर मन बहलाउन सुझाव दिएकी थिइन् ।

वेमाउथका मेयरको उपस्थितिमा टेलरले नागरिकको सुरक्षामा खटिने प्रहरी फौजप्रति सम्मान व्यक्त गर्दै आफ्नो कार्यक्रममा आइदिन सबैलाई अनुरोध गरेकी थिइन् । आउँदो बिहीबार हुन लागेको कन्सर्टका लागि उनले प्रहरी कर्मचारीलाई सयौं वटा टिकट बाँडेकी थिइन् । ठूलो रकममा बिक्री हुने टिकट सित्तैमा बाँडेपछि उनले प्रचारका लागि यस्तो गरेको हुनुपर्ने भन्दै आलोचना पनि भइरहेको छ ।

पप–स्टारले यसअघि पनि एरिजोनाका दुई हजार अनाथ बालबालिकालाई कन्सर्टको टिकट बाँडेकी थिइन् । यस्ता काम उनले बिनास्वार्थ गर्दै आएको बताउनेहरू पनि छन् । केही अघि उनको कन्सर्ट हेर्न आएकी एक युवती छारे रोगका कारण कार्यक्रमस्थलमै बेहोस हुँदा टेलरले उनलाई स्टेज–पछाडि भेटेर स्वास्थ्य लाभको कामना गरिन् । टेलर अरूप्रति कति संवेदनशील छन् भन्ने देखाउन यी गतिविधि साक्षी हुने विदेशी सञ्चार माध्यमको भनाइ छ ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?