‘कायरा’ शुक्रबारदेखि

कान्तिपुर संवाददाता

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । आउँदो शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन पराइनेमा आशावादी सुनिए ।

‘प्रेमबाहेक अरू विषयमा भाग्यमानी जय र कायराको कथा बोकेको फिल्म’ मा सबैले आफ्नो कथा पाउने आर्यनले ठोकुवा गरे । यो फिल्मको कथासमेत लेखेका उनले थपे, ‘मनको पीर लुकाउन देशभन्दा पर नयाँ ठाउँ गएर हाँस्ने प्रयासमा लागेका पात्रहरूको कथा हो । त्यसैले छायांकनका लागि फिलिपिन्ससम्म पुग्नुपर्‍यो ।’ ‘दुई जना अभागी भेटिएपछि उनीहरूको भाग्य कस्तो होला भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने’ साम्राज्ञीले बताइन् ।

Yamaha

Esewa Pasal

प्रकाशित : श्रावण १५, २०७५ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘गोपी’ मा थपिइन् वर्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — छायांकनको मेसोमा रहेको ‘गोपी’ मा अभिनेत्री वर्षा शिवाकोटी पनि थपिएकी छन् । यसअघि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको निधो भइसकेको फिल्मको हालै पटकथा सकिएको र त्यही अनुरूप कलाकार खोज्दा वर्षा छनोटमा परेको निर्देशक दीपेन्द्र लामाले जनाए ।

त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्ममा सुरक्षा र वर्षाले खगेन्द्रसँग रोमान्स गर्नेछन् ।

खगेन्द्रले यसअघि वर्षासँग ‘पशुपति प्रसाद’ मा र सुरक्षासँग ‘धनपति’ मा काम गरिसकेका छन् ।

वर्षा र सुरक्षाले भने हालै रिलिज ‘भैरे’ मा सँगै काम गरेका थिए । अभिनेता खगेन्द्रले यसलाई रमाइलो संयोग मानेका छन् ।


‘फरक फरक फिल्ममा सँगै काम गरे पनि यसरी एउटै प्रोजेक्टमा संयोग जुरेको थिएन,’ खगेन्द्रले भने, ‘उत्साहित छु ।’


आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’ को छायांकन भदौ १ मा सुरु हुने निर्देशक लामाले बताए । उनकै कथामा सामीप्य तिमल्सिनाले पटकथा
लेखेका हुन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT