वीरगन्जमा भेटिए ‘देशप्रेमी’

शंकर आचार्य

पर्सा — वीरगन्ज चिनी मिल पछाडिको बौद्धी माई मन्दिर परिसरमा हालैको साँझ प्रहरी र अपराधिक समूहबीच नक्कली भिडन्त भयो । नक्कली यस कारण कि यो फिल्म सुटिङ थियो ।

वीरगन्जमा भेटिए ‘देशप्रेमी’

कथा भोजपुरी फिल्म ‘देशप्रेमी’ को भए पनि दृश्यले चाहिँ वीरगन्जमा प्रहरी–अपराधीबीच बेलाबेलामा भइरहने इन्काउन्टरको घटना सम्झाउँथ्यो ।

जनक खकुरेल निर्देशक रहेको फिल्मको यही दृश्यसँगै क्लाइमेक्स सकिएको छ । साउने झरीसँग पौठेजोरी खेल्दै फिल्म युनिटले ४० दिनमै छायांकन सकेको सहनिर्देशक नारायण उपाध्यायले बताए । यसअघि वीरगन्ज, सौराहा, पोखरा तथा भारतको मुम्बईका विभिन्न लोकेसनमा फिल्मको छायांकन गरिएको थियो ।

यो फिल्मको पोस्ट प्रोडक्सन मुम्बईमा गरिने उनले बताए ।


माँ राधिका इन्टरनेसनल मुभिज प्रालि तथा रवि गु्रप एन्ड कम्पनिजको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता रवीन्द्रकुमार वर्णवाल हुन् । भोजपुरी फिल्म प्राय: मल्टी स्टारर हुन्छन् ।

‘देशप्रेमी’ मा भने मुख्य अभिनेताको रूपमा प्रदेशी साह देखिँदै छन् । यो निकै राम्रो अवसर भएको प्रदेशीले बताए । ‘देशप्रेमी’ बाट भारतको भोजपुरी फिल्म उद्योगमा पनि आफ्नो भूमिका स्थापित हुने सक्नेप्रति उनी आश्वस्त छन् । फिल्ममा पुनम दुबे र हिमानी गिरी अभिनेत्रीको रूपमा छन् । पुकार भट्टराई, प्रकाश नेपाल पनि छन् ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?