कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘रोजी’ को नयाँ गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — क्राइम थ्रिलर जानराको ‘रोजी’ को सोमबार पहिलो गीत ‘फूल हैन...’ सार्वजनिक भएको छ । प्रदीप खडका र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको उक्त गीतमा पनि यही जोडीलाई फिचरिङ गरिएको छ ।

‘रोजी’ को नयाँ गीत

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई टर्कीका पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको हो ।


एलिस कार्कीको संगीत रहेको गीतमा प्रताप दास र प्रविसा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठले लेखेका हुन् । गीतमा संगीतकार कार्कीले पश्चिमा र नेपाली स्वादलाई गीतमा समायोजन गर्न खोजेको बताए ।


नीरक पौडेलले निर्देशन गरेको ‘रोजी’ मा अनुप सापकोटाको कथा र केदार भुसालको पटकथा रहेको छ । बदलाको कथा भन्ने फिल्ममा प्रदीप र मिरुनाका साथमा परमिता राणा पनि मुख्य भूमिकामा छिन् । राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको फिल्म भदौ २२ देखि प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?