मनोरञ्जन
श्रावण २४, २०७५

व्यापार नउक्से पनि फिल्म धमाधम

०७५ को पहिलो चौमासिक सकिन एक साता मात्रै बाँकी छँदा नेपाली फिल्मको व्यापारिक अवस्था भने दयनीय नै देखिएको छ । वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’ फिल्मले वर्षको ओपनिङ गरे पनि व्यापार भने स्वर्णिम हुन सकेन ।

श्रावण २३, २०७५

‘रोजी’ को नयाँ गीत

क्राइम थ्रिलर जानराको ‘रोजी’ को सोमबार पहिलो गीत ‘फूल हैन...’ सार्वजनिक भएको छ । प्रदीप खडका र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको उक्त गीतमा पनि यही जोडीलाई फिचरिङ गरिएको छ ।

वीरगन्जमा भेटिए ‘देशप्रेमी’

वीरगन्ज चिनी मिल पछाडिको बौद्धी माई मन्दिर परिसरमा हालैको साँझ प्रहरी र अपराधिक समूहबीच नक्कली भिडन्त भयो । नक्कली यस कारण कि यो फिल्म सुटिङ थियो ।

श्रावण २२, २०७५
ADVERTISEMENT
ADVERTISEMENT

‘प्रसाद’ को इन्डक्ल्याप

नि:सन्तान दम्पतीबीच उत्पन्न आरोहअवरोहमा आधारित भनिएको फिल्म ‘प्रसाद’ को छायांकन सकिएको छ । आइतबार ललितपुरस्थित च्याँसलमा रहेको राजु पेन्टरको स्टुडियोमा फिल्मको इन्डक्ल्यापसँगै छायांकन अनुभव साटासाट गरिएको थियो ।

श्रावण २१, २०७५

फिल्म चलाउन गीत

व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगनलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगानै हुन्न । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ ।

‘बकम्फुसे राजा’ बन्ने

सञ्चारकर्मी प्रकाश सुवेदी पनि फिल्म निर्देशनमा उत्रने भएका छन् । यसअघि ‘हर्के हल्दार’ र ‘रिसानी माफ’ नामक टेलिसिरियल निर्देशनको अनुभव लिइसकेका सुवेदीले शनिबार नयाँ फिल्म ‘बकम्फुसे राजा’ निर्माणको घोषणा गरेका हुन् ।

श्रावण २०, २०७५

बढ्दै छ मैथिली प्रभाव

केहीअघि नेपाली कथानक फिल्म ‘फाटेको जुत्ता’ रिलिज भयो । फिल्ममा मैथिली परिवेश मात्रै हैन, भाषाको पनि भरपुर प्रयोग थियो । यसपछि पुरनेन्दुकुमार झाको फिल्म ‘संरक्षण’ आयो । यसमा पनि विषय, परिवेशदेखि संवादसम्म मैथिली प्रभाव थियो ।