‘बाँध मायाले’ को गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘बाँध मायाले’ फिल्मको टाइटल सङ बुधबार राजधानीमा रिलिज गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा कलाकारहरू आर्यन अधिकारी र सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

‘बाँध मायाले’ को गीत

यसमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । संगीतकार पोखरेलले नै लेखेको गीत अञ्जु पन्त र सुगम पोखरेलले गाएका हुन् ।

गीतले दर्शकश्रोताको मन जित्ने संगीतकार पोखरेलले दाबी गरे । ‘बाँध मायाले’ आउँदो असोज ५ मा रिलिज हुँदै छ । सविर श्रेष्ठ निर्देशित फिल्ममा राजाराम पौडेल, रवीन्द्र प्रताप सेन, किशोर खडका, विशाल चाम्लिङ लगायतले पनि खेलेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?