कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दाल भात तरकारी’ बन्ने

काठमाडौँ — गत वर्ष ‘शत्रु गते’ मार्फत फिल्म निर्माणमा फर्किएको मह सञ्चारले फेरि कमेडी जानरामै अर्को फिल्म बनाउने भएको छ ।

‘दाल भात तरकारी’ बन्ने

हास्यकलाकार किरण केसीको प्रस्तुति रहने ‘दाल भात तरकारी’ को निर्देशनको जिम्मा किरणपुत्र सुदनले लिने भएका छन् । सुदनले यसै फिल्मबाट निर्देशनमा हात हाल्न लागेका हुन् । यसअघि उनले दुई विदेशी फिल्म ‘रिमेम्बर मी’ र ‘माई लभ’ मा सह–निर्देशकका रूपमा काम गरिसकेका छन् । प्रदीप भट्टराई निर्देशित ‘शत्रु गते’ मा पनि सुदनले सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

‘अवसर र चुनौती दुवै छ,’ पहिलो पटक निर्देशन गर्न लागेका सुदनले भने, ‘फिल्ममा यसकै लागि गरिने संघर्ष देखाउनेछौँ । मह सञ्चारको साख बढाउने फिल्म बनाउने प्रयास गर्नेछु ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, वसुन्धारा भुसाल, राजाराम पौडेल, शिशिर बांगेल, विल्सनविक्रम राई लगायतको अभिनय रहनेछ ।

मंसिर पहिलो साता छायांकन थालिने फिल्ममा मानिसले दाल, भात, तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने बताइएको छ । कथा र पटकथा हरिवंशले लेखेका हुन् । उनले फिल्म पूर्णत: मनोरञ्जनात्मक हुने बताए । मदनकृष्णले पनि आममानिसकै कथा भएको बताउँदै आफू पनि भिन्न भूमिकामा देखिन लागेको सुनाए ।

शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंशले नै लेखेका छन् । कोरियोग्राफी कविराज गहतराजको रहनेछ । मित्र डी गुरुङको सम्पादन रहने फिल्मलाई दीर्घ गुरुङले खिच्नेछन् ।

प्रकाशित : भाद्र १, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?