हलमा ‘मिस्टर भर्जिन’

काठमाडौँ — यौन मनोविज्ञानमा आधारित फिल्म नेपालमा खासै बनेको पाइँदैन । अझै यस्ता विषयमा खुलेर बहस भएकै पनि पाइँदैन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘मिस्टर भर्जिन’ ले भने यसै विषयलाई उठान गरेको छ ।

हलमा ‘मिस्टर भर्जिन’

विशारद बस्नेतको डेब्यु निर्देशन रहेको उक्त फिल्मले तीन युवकको कथा कहन्छ । उमेरसँगै शरीरमा आउने बदलावपछि एक वयस्कको यौन मनोविज्ञानमा आउने परिवर्तन र यौनप्रतिको चाह प्राप्तिमा आइपर्ने सामाजिक अवरोधको विषयलाई ‘मिस्टर भर्जिन’ मा समेटिएको निर्देशक बस्नेतले बताए । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायतको अभिनय छ ।

‘उमेर पुगेको छोरोले परिवारसँग खुलेर मेरो बिहे गरिदेऊ भन्न सक्दैन । सोही कारण उसमा यौनकुण्ठा बढ्न थाल्छ,’ कमलमणिले बिहीबार पत्रकार भेटघाटमा भने, ‘हाम्रो समाजमा अझै पनि यौनको विषयमा बोल्न अकमकाउँछौं । यस्तै कुराको बहसका लागि यो फिल्म राम्रो माध्यम बन्न सक्छ ।’

प्रकाशित : भाद्र १, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?