'क्वीन अफ सोल'को निधन 

कान्तिपुर संवाददाता

काठमाडौं — गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।

सीएनएनका अनुसार पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

Yamaha


उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

प्रकाशित : भाद्र १, २०७५ १२:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संचालनमा आउँदै कलंकीको 'अन्डर पास'

तस्बिर : कविन अधिकारी

काठमाडौँ — काठमाडौं उपत्यकाको अति व्यस्त सडकहरु मध्येको एक कलंकी चोकमा जाम घटाउनका लागि निर्माण गरिएको ‘अन्डर पास’ को निर्माण सम्पन्न भएको छ। राजधानी भित्रिने प्रमुख मार्ग रहेकाले अत्यन्तै जाम हुने उक्त स्थानमा जमिनमाथि र मुनीबाट सवारी चलाउन उक्त अन्डर पासको निर्माण गरिएको हो ।

केही दिनमा नै उक्त सडकको औपचारिक उद्धघाटन हुने भएको छ । चीन सरकारको सहयोगमा बनेको अन्डर पासको निर्माण कार्य २०७४ को पुसभित्र सक्ने लक्ष्य रहे पनि भूकम्प र नाकाबन्दीको कारण लम्बिएको थियो ।


प्रकाशित : भाद्र १, २०७५ ११:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT