आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छन् । आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग चोपडाले शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन् ।

प्रियंका र निक गत मेदेखि प्रेमसम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Yamaha

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाबी संस्कृति अनुसार प्रियंकाको मुम्बईस्थित घरमा उनीहरुको इन्गेजमेन्ट भएको थियो। इन्गेजमेन्टमा निकका बुवा पनि उपस्थित थिए।

यी दुवैले शनिबार सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गरेका थिए। निकले ‘फ्युचर मिसेस जोनस’ भनेर पोष्ट गरेका थिए। भारतीय सञ्चारमाध्यमहरुका अनुसार निक र प्रियंकाको भेट गत वर्ष भएको थियो।

सन् २००० की विश्व सुन्दुरी चोपडाले ५० भन्दा बढी भारतीय फिल्महरुमा अभिनय गरिसकेकी छन्। उनले 'क्वान्टिको' श्रृंखलाबाट हलिउडमा प्रवेश गरेकी हुन्। प्रियंकालाई अघिल्लो वर्ष फोर्ब्स म्यागजिनले विश्वको सय शक्तिशाली महिलाहरुको सूचीमा राखेको थियो।

इन्गेजेमन्टपछि शनिबार साँझ आयोजित पार्टीमा भारतीय सेलिब्रेटीहरुको उपस्थिति भएपनि सलमान खान ,शाहरुख खान र अमिताभ बच्चनको भने उपस्थिती थिएन।

प्रकाशित : भाद्र ३, २०७५ १५:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय तह

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर घोषणा भएको छ ।

बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर आइतबार एक कायक्रमकाबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।

मुख्य मन्त्री पोखरेलले नेपालमा नै पहिलो पटक ५ नम्बर प्रदेशबाट अभियान सुरु भएकाले प्रदेशलाई पनि बालमैत्री बनाउनेतर्फ कार्ययोजना अगाडि बढाउने बताए ।

नगरभित्र १ सय ६० वटा बालक्लब , १३ वटा नगरस्तरीय बाल सञ्जाल र बालबालिकाका लागि बालबालिका स्वयंसेविकाको व्यवस्था गरिएको छ ।

बालमैत्री स्थानीय शासनको नमुना नगरको रुपमा विकास भएको नगरपालिकाले राष्ट्रियस्तरको २७ , संस्थागततर्फ १२ वटा र आफ्नै तीन वटा मौलिक सूचक तय गरेर ४२ वटा सूचक पार गरेको नगर प्रमुख भिम बहादुर थापाले बताए ।

स्थानीय निकाय हुँदा पनि २०७२ सालमा नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो ।

संघीयतामा मुलुक प्रवेश गरेपछि नगरमा गाभिएका थप तीन वटा वडामा बालमैत्री नीति , संरचना र बालसहभागिता सुनिश्चित गरेपछि संघियता पछिको पहिलो नगर घोषणा भएको हो ।

प्रकाशित : भाद्र ३, २०७५ १५:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT