हल थप्दै ‘जय शम्भु’

काठमाडौँ — शुक्रबारदेखि प्रदर्शनरत ‘जय शम्भु’ को प्रारम्भिक व्यापार ‘सुखद’ भएपछि हलमा सो थपेको छ ।

हल थप्दै ‘जय शम्भु’

गत शुक्रबार नेपाली चारसहित सात फिल्म रिलिज भएमध्ये ‘जय शम्भु’ ले पहिलो दिन सिंगल थिएटरमा ६० प्रतिशत र मल्टिप्लेक्समा ४५ प्रतिशत मात्र अकुपेन्सी पाएको थियो । तर प्रतिस्पर्धी फिल्महरूले त्यसभन्दा पनि कमजोर व्यापार गरेपछि हलवालाले एक्सनप्रधान ‘जय शम्भु’ लाई प्राथमिकता दिएको वितरक बताउँछन् । यति बेला काठमाडौंकै गोपी, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका मल्टिस्क्रिन हलहरूले ‘जय शम्भु’ लाई शनिबार बिहानदेखि ठूलो पर्दा दिएको निर्माता दिनेश शाहीले बताए । ‘मोफसलमा पनि थप २३ हलमा लागेको छ,’ उनले भने ।

अनुपविक्रम शाही र प्रशान्त ताम्राकारको दक्षिण भारतीय शैलीको एक्सन मसला राखिएको फिल्ममा वर्षा शिवाकोटी पनि छिन् । सिंगल स्क्रिन हलमा दर्शकहरूले बढी रुचाइदिएपछि व्यापार अन्य फिल्मको भन्दा तुलनात्मक रूपले केही माथि भएको वितरक बताउँछन् । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गरेका हुन् । राजधानीमा २१ हलमा लागेको ‘जय शम्भु’ ले शनिबारदेखि मोफसलमा ६ दर्जन हल पाएको छ । उक्त फिल्म रूपेश तामाङले निर्देशन गरेका हुन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?