फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिबारदेखि 

काठमाडौँ — विश्वकै उत्कृष्ट मानिएको फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ को शनिबार साझ ९ बजे कान्तिपुर एचडी टेलिभिजन र डिस होम रमाइलो एचडीबाट प्रत्यक्ष प्रसारण भएको हो। 

फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिबारदेखि 

मोबाइल एपमार्फत गरिएको यो डिजिटल अडिसनबाट छानिएका प्रतिष्पर्धीहरुले ब्लान्ड अडिसनमा आफ्नो प्रस्तुति दिनेछन् । ‘द भ्वाइस अफ नेपाल’को टाइटल विजेताले २५ लाख नगद सहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्याक्ट र वर्ल्ड टूर पाउनेछन् ।

विश्वका १९२ बढी मुलुकमा सफल प्रसारण भएको यो प्रतियाेगिताले नेपालमा पनि सबैको मन जित्ने विश्वास लिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल बताए ।

साथै द भ्वाइस अफ नेपालको प्राविधिक पार्टनर सवी टेक्नोलोजीका अनुसार द भ्वाइसन अफ नेपालको मोबाइल एप यूटुबमार्फत पनि विभिन्न प्रस्तुतिहरु देखाइने छ ।

यो नेपालको सबैभन्दा राम्रो सो बनेको एएनसी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक प्रल्हादसिंह महत भट्टचले दाबी गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?