१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेत्रहीनलाई सघाउन नाचगान

रूपन्देही — बिहानैदेखिको झरी दिउँसो केही रोकिए पनि बुटवलस्थित प्रदर्शनी स्थल हिलाम्मे थियो । तर, यसले दर्शकश्रोताहरूलाई त्यस्तो फरक पारेन ।

नेत्रहीनलाई सघाउन नाचगान

‘अनमोल इभ’ मा रूपन्देहीका धेरैतिरका दर्शकश्रोता सहभागी थिए । अभिनेताहरू भुवन केसी र अनमोल केसी, अभिनेत्री प्रियंका कार्कीले तिनलाई मनोरञ्जन पनि दिए । नमस्ते नेपाल, सप्तक ब्यान्डका कलाकारको गायन र नृत्यले पनि निराश पारेनन् । विभिन्न जातजाति र भाषाभाषीको बसोबास रहेको जिल्लामा कलाकारहरूले त्यो ख्याल गरे ।

अनमोल ‘यतियति पानी, गंगै रानी’ गीतमा नाचे । उनीपछि भुवनले ‘कुसुमे रुमाल’ र ‘म हुँ नेपाली बाबु मेड इन नेपाल’ गीत केही सुनाए ।

प्रियंकाले विभिन्न गीतमा नृत्य प्रस्तुत गरिन् । अभिनेत्री/निर्देशक झरना थापाले आफ्नो पछिल्लो फिल्म ‘ए मेरो हजुर ३’ बारे जानकारी बाँडिन् । उक्त फिल्ममा सुहाना थापा अनमोलसँग खेल्दै छिन् ।

नेत्रहीन महिला संघको सहयोगार्थ मुलुकका चार सहरमा ‘अनमोल इभ’ गरिने आयोजक मोनिका इन्टरनेसनल गु्रपका कमल जीसीले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?