१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सौगात र सृष्टि सँगै

काठमाडौँ — अफस्क्रिन जोडीसमेत रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठले अब भने फिल्ममा अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

सौगात र सृष्टि सँगै

‘गाजलु’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी पूर्व मिस नेपाल सृष्टि सौगात अभिनीत ‘लालपुर्जा’ मा गेस्ट अपिअरेन्समा रहे पनि दुवैले स्क्रिन सेयर भने गरेका थिएनन् । यसपटक सञ्जीवकुमार न्यौपानेको निर्देशन रहने ‘मासुभात’ मा दुवै मुख्य भूमिकामा देखिन लागेका हुन् ।


प्रशान्त रसाइलीको पटकथा रहेको ‘मासुभात’ दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको, पछि बालिकाको अंग बेच्ने प्रयास र त्यसमा बालिकाले गर्ने संघर्ष, बेपत्ता बहिनीको खोजीमा रहेको दाइको भुक्तभोगाइको वरिपरि घुम्नेछ । लेफटिनेन्टको भूमिका निर्वाह गर्न लागेका सौगात बेचिएकी बालिकाको दाइको भूमिकामा हुनेछन् । सृष्टि भने प्रहरीको भूमिकामा देखिनेछिन् ।


यसै फिल्मबाट सौगात पनि पहिलो पटक निर्माताका रूपमा आउँदै छन् भने यसअघि ‘बिजुली मेसिन’ निर्माण गरिसकेका सञ्जीवको पनि यसमा लगानी रहनेछ । सञ्जीवकै कथामा प्रशान्तले लेखेको पटकथामा कुमार नगरकोटीसमेत सल्लाहकारका रूपमा छन् । ‘कथा’, ‘आचार्य’ जस्ता फिल्मका निर्देशकसमेत रहेका प्रशान्तले ‘मासुभात’ मा सिनेमाटोग्राफीसमेत गर्ने भएका छन्, क्रिएटिभ डाइरेक्टरको भूमिकामा पनि हुनेछन् । यति बेला कार्यशाला चलिरहेको ‘मासुभात’ आगामी वर्षको सुरुवातमा रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?