‘तिमी र म’ बन्ने

काठमाडौँ — डेब्यु फिल्म ‘लम्फू’ ले अपेक्षित सफलता नपाए पनि यसका मुख्य अभिनेता कविर खड्काले दोस्रो फिल्म पाएका छन् । बुधबार निर्माण घोषणा गरिएको ‘तिमी र म’ मा कविर मुख्य भूमिकामा रहनेछन् ।

‘तिमी र म’ बन्ने

झन्डै ९० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने फिल्मलाई सरोज पोखरेल र मेट विलियम्सले संयुक्त रूपमा निर्देशन गर्ने छन् ।


सुनौलो भविष्यको सपना बोकेर अस्ट्रेलिया पुग्ने नेपाली युवाहरूको विषयमा केन्द्रित रही बन्न लागेको ‘तिमी र म’ मा कविरको जोडी सूर्या थापा हुनेछिन् । सूर्याको यो पहिलो फिल्म हो । लभस्टोरी जानरामा बन्न लागेको फिल्मलाई एनएसएम क्रिएसनको ब्यानरमा कमला पोखरेल, चन्द्रबहादुर खड्का र भूषण पोखरेलले संयुक्त रूपमा निर्माण गर्ने भएका छन् ।
कविरले पटकथा मन परेकोले फिल्म खेल्न राजी भएको बताए ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?