कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदमको ‘सोर्‍ह शृंगार’

काठमाडौँ — संखुवासभाबाट गायक/संगीतकार बन्ने सपना बोकेर काठमाडौं आएका थिए, पदम मगर । एक दशकदेखि संगीत क्षेत्रमा लागिपरेका उनी नयाँ गीत ‘सोर्‍ह शृंगार...’ सहित आएका छन् ।

पदमको ‘सोर्‍ह शृंगार’

युट्युबमार्फत सार्वजनिक गरिएको गीतको गायनमा उनलाई मेलिना राईको साथ मिलेको छ । शब्द दिनेश धितालको र संगीत पदम आफैंले गरेका हुन् । ‘प्रेममा परेपछिको युवती मनोविज्ञान गीतमा छ’, युट्युबमा सार्वजनिक गरेको गीतबारे उनले भने, ‘अब म्युजिक भिडियोको तयारीमा छु ।’

यसअघि उनले ‘तिम्रो यादमा...’, ‘लासमाथि...’ लगायतका गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका थिए । ‘तिम्रो यादमा...’ शब्द, संगीत र गायन पदम स्वयंकै थियो भने ‘लासमाथि...’ मा दिनेशको शब्द । स्वर र संगीत भने पदम स्वयंको । ‘अब फुटकर गीतको जमाना आयो,’ उनले भने, ‘एकमुष्ट एल्बमको पनि तयारीमा छु ।’

प्रकाशित : भाद्र १९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?