कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनमोल–साम्राज्ञी लोकप्रिय, फिल्ममा छक्का पन्जा २

नेम्पा अवार्ड

काठमाडौँ — अमेरिकाको सिकागोमा नेपाल चलचित्र संघद्वारा आयोजित नेम्पा पपुलर फिल्म अवार्डमा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले लोकप्रिय अभिनेता–अभिनेत्रीको अवार्ड जितेका छन् ।

अनमोल–साम्राज्ञी लोकप्रिय, फिल्ममा छक्का पन्जा २

आइतबार आयोजित उक्त अवार्ड समारोहमा भने दुवै कलाकार अनुपस्थित थिए ।

चलचित्र संघले गत शुक्रबारदेखि आयोजित तीनदिने नेपाली राष्ट्रिय सम्मेलनको आइतबार समापन कार्यक्रममा नेम्पा पपुलर अवार्ड वितरण गरेको हो । अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठन सम्मिलित सम्मेलन बर्सेनि हुने गरेकोमा यस वर्षदेखि नेम्पा अवार्डलाई पनि समावेश गरिएको हो ।

उक्त अवार्डमा लोकप्रिय फिल्मको अवार्ड ‘छक्का पन्जा २’ लाई प्रदान गरियो भने निर्देशकतर्फको अवार्ड सोही फिल्मबाट दीपाश्री निरौलाले जितिन् । सहअभिनेता–सहअभिनेत्रीतर्फको अवार्ड भने जितु नेपाल र निता ढुंगानाले जिते ।

सांगीतिक कार्यक्रमसहित चलेको अवार्डमा अभिनेता सुनील थापालाई लाइभटाइम अचिभमेन्ट अवार्ड र वरिष्ट फिल्मकर्मी गेहेन्द्र धिमाललाई अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो ।

नेम्पा पपुलर अवार्डतर्फ गायकका सत्य–स्वरूपराज आचार्य र गायिकातर्फ अञ्जु पन्तलाई अवार्ड दिइँदा संगीतमा कालीप्रसाद बाँस्कोटा र कोरियोग्राफरको नेम्पा अवार्ड भने कविराज गहतराजले पाए ।

अभिनेता भुवन केसीलाई दशकका नायक उपाधिसहित सम्मान गरिएको अवार्डमा हास्य कलाकारतर्फको अवार्ड संयुक्त रूपमा केदार घिमिरे र विल्सनविक्रम राईलाई प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?