कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर

काठमाडौँ — फिल्म ‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमै बनेको उक्त अंग्रेजी फिल्मको छायांकन लस एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

‘द म्यान फ्रम काठमान्डू’ को ट्रेलर

आइतबार अमेरिकाको सिकागोमा सम्पन्न नेपाली नेसनल कन्भेन्सनमा ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।

अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखसहित नेपाली कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङदेल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको उक्त फिल्मलाई पेमा धोन्डुपले निर्देशन तथा लेखन गरेका हुन् । पेमाले यसअघि सन् २००४ मा ‘वी आर नो मङक’ ल्याएका थिए ।

निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने जनाएको छ । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोकेको छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

उनले सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको भन्दै त्यसमा दुई वर्ष रिसर्चपछि नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको सुनाए । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनि, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको फिल्मलाई ट्रिसिटी पिक्चर्सको ब्यानरमा नकिम उद्दित र निर्देशक पेमा स्वयंले निर्माण गरेका हुन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?