कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘जय भोले’ को ट्रेलर

काठमाडौँ — ‘यसपालिको दसैं, जय भोले सँगै’ भन्दै प्रचारप्रसारमा उत्रेको अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को बिहीबार ट्रेलर सार्वजनिक भएको छ ।

‘जय भोले’ को ट्रेलर

खगेन्द्र लामिछानेको पटकथामा बनेको उक्त फिल्मको ट्रेलर हास्यशैलीमा निकालिएको छ । निर्देशक शर्माले ट्रेलरमा भएजति फिल्ममा भएको तर यति नै मात्र नभएको बताए । भने, ‘कम्तीमा खगेन्द्रले लेखेको स्क्रिप्टमा यति मात्रै हुँदैन । केही ठोस चिज छ ।’

पछिल्लो पटक ‘यो मायाको सागर’ निर्देशन गरेको झन्डै १३ वर्षपछि पुन: निर्देशनमा उत्रेका शर्माले फिल्ममा दुई युवा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई कथावस्तु बनाएका छन् । खगेन्द्रसँगै सौगात मल्ला मुख्य भूमिकामा रहेको ‘जय भोले’ मा स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, किशोर भण्डारीलगायतको अभिनय रहेको छ ।

‘स्क्रिप्टमा १३ महिना गृहकार्य गरिएको छ,’ निर्देशक शर्माले फिल्ममा खगेन्द्रको भूमिका यसअघि गरेका भन्दा पूरै भिन्न शैलीको भएको दाबी गर्दै थपे, ‘खगेन्द्रले सुरुमा खेल्न हच्किएका थिए । उनले मैले यस्तो रोलमा अभिनय गरेको छैन भनेर अप्ठ्यारो मानेका थिए ।’ फिल्ममा कलाकारको लवज पूर्वेली छ ।

खगेन्द्रलाई ‘जय भोले’ उनीद्वारा नै लिखित नाटक ‘दाँतको डोब’ को कथावस्तुबाट कत्तिको मिल्दो छ भन्ने प्रश्नमा ‘पाँच प्रतिशत’ मात्रै मिल्ने बताए । ‘अत्यन्तै कम मिल्छ । पाँच प्रतिशत मात्रै होला,’ उनले भने । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहेको फिल्मको सम्पादन राजु ढुंगानाले गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा ‘जय भोले’ ले राजेशपायल राई फाउन्डेसनलाई २५ हजार रुपैयाँ सहयोग पनि गरेको छ ।

गायक राजेशपायलले शर्माकै फिल्म ‘गरिब’ मार्फत २०५२ मा पाश्र्व गायकका रूपमा डेब्यु गरेका थिए । दसैंमा नै फिल्म ‘छक्का पन्जा ३’ पनि रिलिज गरिने भने पनि दुवै फिल्मले मिति भने अझै तोक्न सकेका छैनन् ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?