कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भारतीय अभिनेता सिन्हा शाश्वतधाम आउँदै 

नारायण शर्मा

नवलपरासी — भारतीय चर्चित अभिनेता शत्रुघन सिन्हा दुम्कौलीमा रहेको शास्वतधाममा मंगलबार पूजाआजाका लागि आउने भएका छन् । ७२ वर्षीय सिन्हालाई शाश्वतधाममा पूजाआजाका लागि विशेष व्यवस्था मिलाइएको छ । 

भारतीय अभिनेता सिन्हा शाश्वतधाम आउँदै 

काठमाडाैंमा रहेका सिन्हा मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट शास्वतधाम मन्दिरमा आउने तय भएकाले सबै तयारी पूरा भएको चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले जानकारी दिए ।

चौधरी फाण्डेसनलले उनको सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरीमा आग्रह गरेको छ । उनले दुम्कौलीस्थित शास्वतधाम मन्दिरमा एक घण्टा विशेष पूजा गर्ने भएका छन् ।

उद्योगपति विनोद चौधरीको उद्योग रहेको दुम्कौलीस्थित चौधरी ग्रुप इण्डिस्ट्रियल पार्क हातामा रहेको दक्षिण भारतीय शैलीको एकाम्बरेश्वर महादेव मन्दिर शाश्वतधामका नामले प्रख्यात छ । हिन्दु धर्म अन्तरगतका सबै देवीदेवताको एउटै मन्दिरमा पूजा गर्न सकिने शाश्वतधामको विशेषता हो ।

पूजा सकेर उनी चितवनको मेघौलीमा रहेको होटल मेघौली सेराइमा रात बिताउने छन् । भारतको पटनामा जन्मिएका सिन्हा पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीका नेता समेत हुन् । उनी भाजपाबाट २ पटक निर्वाचित सांसद र एक पटक स्वास्थ्य मन्त्री भइसकेका छन् । बुधबार उनको काठमाडाैं फर्कने कार्यक्रम रहेको चौधरी ग्रुपले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २५, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?