शत्रुघ्न सिन्हा शाश्वतधाममा

नारायण शर्मा

नवलपरासी — बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता शत्रुघ्न सिन्हाले दुम्कौलीस्थित शाश्वतधाममा आएर पूजा गरेका छन् । चार दिनअघि काठमाडौं आएका उनी बुधबार हेलिकप्टरमा आएर शाश्वतधाममा करिब ४५ मिनेट रहे । 

बलिउड अभिनेता शत्रुघ्न सिन्हा बुधबार नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा । तस्बिर : नारायण शर्मा  

उद्योगपति विनोद चौधरीसँगको पारिवारिक कामको सिलसिलामा नेपाल आउँदा शाश्वतधामको दर्शनपूजन गर्न आएको उनले बताए । ‘नेपाल देवताहरुको भूमि हो । पशुपतिनाथको कृपाले म नेपाल आइरहन्छु र विशेष पूजा गर्छु,’ ७२ वर्षीय सिन्हाले भने, ‘हिजो पशुपतिनाथको दर्शन गरेर प्रफुल्लित थिएँ, आज उनै पशुपतिनाथले यहाँ पठाए ।’

Yamaha

सिन्हा आउने भएपछि शाश्वतधामको एकाम्बरेश्र महादेवको मन्दिरमा पूजाका लागि विशेष व्यवस्था मिलाइएको थियो । उनको सुरक्षाका लागि भन्दै उल्लेख्य संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको थियो । सिन्हालाई हेर्न सर्वसाधारणको भीड लागेको थियो । शाश्वतधाममा आइपुग्दा उनलाई संस्कृत गुरुकुलका विद्यार्थीले फूलमाला र ढाकाटोपीले स्वागत गरेका थिए ।


Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ २२:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

साफ च्याम्पियनसिपः तस्बिरमा नेपाल र माल्दिभ्सबीचको खेल

शब्द/तस्बिर: कञ्चनअधिकारी

काठमाडौँ — नेपाल साफ च्याम्पियनसिप २०१८ को फाइनल प्रवेश गर्न असफल भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार अपरान्ह नेपाल र माल्दिभ्सबीच भएको खेलमा माल्दिभ्सले नेपाललाई ३-० ले हरायो । माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।

बुधबारको खेलमा माल्दिभ्सले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ८३ औं र ८६ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हसनले दुई गवल गर्दै टिमलाई जित दिलाए ।


प्रकाशित : भाद्र २७, २०७५ २१:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT