शत्रुघ्न सिन्हा शाश्वतधाममा

नारायण शर्मा

नवलपरासी — बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका नेता शत्रुघ्न सिन्हाले दुम्कौलीस्थित शाश्वतधाममा आएर पूजा गरेका छन् । चार दिनअघि काठमाडौं आएका उनी बुधबार हेलिकप्टरमा आएर शाश्वतधाममा करिब ४५ मिनेट रहे । 

शत्रुघ्न सिन्हा शाश्वतधाममा

उद्योगपति विनोद चौधरीसँगको पारिवारिक कामको सिलसिलामा नेपाल आउँदा शाश्वतधामको दर्शनपूजन गर्न आएको उनले बताए । ‘नेपाल देवताहरुको भूमि हो । पशुपतिनाथको कृपाले म नेपाल आइरहन्छु र विशेष पूजा गर्छु,’ ७२ वर्षीय सिन्हाले भने, ‘हिजो पशुपतिनाथको दर्शन गरेर प्रफुल्लित थिएँ, आज उनै पशुपतिनाथले यहाँ पठाए ।’


सिन्हा आउने भएपछि शाश्वतधामको एकाम्बरेश्र महादेवको मन्दिरमा पूजाका लागि विशेष व्यवस्था मिलाइएको थियो । उनको सुरक्षाका लागि भन्दै उल्लेख्य संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको थियो । सिन्हालाई हेर्न सर्वसाधारणको भीड लागेको थियो । शाश्वतधाममा आइपुग्दा उनलाई संस्कृत गुरुकुलका विद्यार्थीले फूलमाला र ढाकाटोपीले स्वागत गरेका थिए ।



प्रकाशित : भाद्र २७, २०७५ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?