कौरामाथि ‘बुकी फूल’

काठमाडौँ — गायक दुर्गा गुरुङ र गायिका केशु गुरुङ कौरा गीत ‘बुकी फूल’ सहित आएका छन् ।राजधानीमा मंगलबार संगीतकार नारायण रायमाझी, सञ्चारकर्मी विदुर गिरीलगायतले भिडियो सार्वजनिक गरे ।

कौरामाथि ‘बुकी फूल’

रेशम गुरुङ र गायिका केशुकै शब्द रहेको गीतको लय रेशमकै रहेको छ । गुरुङ संस्कृति र जीवनशैली समेटिएको भिडियो तनहुँको बन्दीपुर धरमपानीमा खिचिएको हो । आधुनिकीकरणले परम्परागत कला तथा संस्कृतिमाथि हस्तक्षेप गरिरहेको बेला कौरा संस्कृति जोगाउन पनि म्युजिक भिडियो बनाइएको गायक गुरुङले बताए ।

रायमाझीले पनि लोक संस्कृतिको जर्गेना गर्न कलाकर्मीहरू लाग्नुपर्ने सुझाए । पर्सन गुरुङले निर्देशन गरेको भिडियोमा विष्णु थापा, टेक गुरुङ, चाउ बि गुरुङ, टार्जन गुरुङलगायतले अभिनय गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?