कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस नेपाल लन्डनमा

लन्डन — मिस नेपाल शृंखला खतिवडा मंगलबार साँझ लन्डन आइपुगेकी छन् ।शृंखला अल्डरसटस्थित प्यालेसमा आफ्नै प्रोजेक्टका लागि गर्न लागिएको च्यारिटी डिनरमा सहभागी हुन पहिलो पटक उनी यूके आएकी हुन् ।

मिस नेपाल लन्डनमा

शृंखलाले विमानस्थलमा ‘एउटा पवित्र कामको लागि यूके आउन पाएकोमा निकै खुसी लागेको’ बताइन् ।

आमाका साथ यहाँ आएकी उनलाई स्वागत गर्न आयोजक र अन्य शुभचिन्तक हिथ्रो विमानस्थल पुगेका थिए । सिग्नेचर ग्रुप र हयाभ अ मोमेन्टले शुक्रबार च्यारिटी डिनर गर्दै छन् । आउँदो डिसेम्बरमा मिस वल्र्डका लागि नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी शृंखलालाई उक्त प्रतियोगितामा ‘ब्युटी विथ अ पर्पोज’ सेग्मेन्टमा एउटा च्यारिटी काम देखाए प्लस प्वाइन्ट हुन्छ । त्यसैले मकवानपुरको दुर्गम कैलाश गाउँपालिका ७ मा हेल्थ पोस्ट बनाउने उनको योजना छ र यसैका लागि आर्थिक संकलन गर्न उनी यूके आएकी हुन् ।

पेसाले आर्किटेक्ट उनी सुरुमा गृहजिल्लाकै चेपाङ समुदायका लागि भवन निर्माण गर्न चाहन्थिन् । तर, जब उनी मकवानपुरको कैलाश गाउँपालिका ७ पुगिन्, त्यहाँको दयनीय स्वास्थ्य सेवा, बालबालिकामा कुपोषण र सामान्य हेल्थ एन्ड हाइजिनसमेत नहुँदा उनको योजना बदलियो । सामान्य रुघाखोकी र झाडापखाला लागे पनि पाँच घण्टा पैदल हिँडेर उपचार गर्न जानुपर्ने गाउँलेको बाध्यता देखेपछि हेल्थ पोस्ट बनाउने निर्णय गरेको उनले बताइन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?