एउटै ल्होछारको पक्षमा तामाङ कलाकार 

काठमाडौँ — केही वर्षयता तामाङ समुदायमा सोनाम या ग्याल्बो कुन ल्होछार मनाउने भन्ने अन्योल छ । विभिन्न संघसंस्था, बुद्धिजीवी र लामागुरुबीच एक मत नहुँदा यस्तो भएको हो । तामाङ कलाकार संघले भने ती विभाजित बुद्धिजीवीदेखि लामागुरुसम्मलाई एउटै मञ्चमा उभ्याएर बहस गरेको छ ।

एउटै ल्होछारको पक्षमा तामाङ कलाकार 

संघले आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा ‘एउटै ल्होछार’को सन्देशसहित शनिबार राजधानीमा बहस कार्यक्रम गरेको हो ।


कार्यक्रममा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, पूर्वराजदूत कमानसिंह तामाङ, बौद्ध महासंघका अध्यक्ष एवं भाषाविद् अजितमान तामाङ, तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर तामाङ लगायतले एउटै ल्होछार मानेर अघि बढ्नुपर्ने बताए । धर्मगुरु सोनाम ग्युर्मी तामाङले अहिलेसम्म मान्दै आएको परम्परा र चन्द्र पात्रोको आधारमा सोनाम ल्होछार मनाउनुपर्ने तर्क राखे भने अर्का धर्मगुरु खेन रेन्पोछे गेसे ङिमा तामाङले ग्याल्बो ल्होछारको पक्षमा बोले । ‘तर दुबै ल्होछारलाई मिलाएर मनाउन सकिन्छ’, गेसे ङिमाले भने, ‘त्यस निम्ति सबैजना बसेर छलफल गरौं ।’


दुईवटा ल्होछारमा बुद्धिजीवि र लामागुरुहरु विभाजित हुँदा ल्होछारको आधिकारिकतामाथि अन्योलता छाएको कारण बहसलाई अघि सारिएको संघका अध्यक्ष एवं गायक संजीव वाइबाले जनाए । कार्यक्रममा साहित्यकार खोजराज गोले, फूलमान वल, गायक विश्व दोङ, विशाल काल्तान लगायतले एउटै ल्होछारको पक्षमा विचार राखेका थिए ।

प्रकाशित : आश्विन ७, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?