कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिला संवेदनाका गीत

काठमाडौँ — महिला संवेदनालाई लिएर हेमन्त ओलीले लेखेका गीतको सँगालो श्रोतामाझ आएको छ । ‘अन्तरा’ राजधानीमा शनिबार गायक प्रेमध्वज प्रधान, संगीतकार शक्ति बल्लभलगायतले सार्वजनिक गरे ।

महिला संवेदनाका गीत

एल्बममा पाँच गीत छन् । यी सबै जुगल डंगोलले संगीतबद्ध र अरेन्जमेन्ट गरेका हुन् । आधुनिक शैलीका पाँचै गीतमा निशा देशारको स्वर सुन्न सकिन्छ । ‘मैले यी गीतहरूमा कुनै युवती प्रेममा पर्नुअघिदेखिका भावनाहरूलाई, मनोभावलाई समेट्ने कोसिस गरेको छु,’ गीतकार ओलीले भने, ‘पुरुष भएकाले महिलाका भावनालाई मूर्तरूप दिन गाह्रै पनि पर्‍यो । तैपनि मेरा गीतहरूमा श्रोताहरूले आधा आकाशको मिलन र विछोडका सन्दर्भ पाउन सक्नुहुनेछ ।’

गायक प्रधान, संगीतकाहरू बल्लभ र टीका भण्डारीले एल्बममा समेटिएका गीत, संगीत र स्वरको तारिफ गरे । जुगललले आफूले प्रत्येक गीतमा नेपालीपनकै संगीत दिने प्रयास गरेको सुनाए ।गायकहरू आनन्द कार्की, नरहरि प्रेमी, विश्व नेपाली, गायिकाहरू संगीता प्रधान, केन्जुमा सुब्बा, गीतकार रोशन भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा गायिका निशाले एल्बमका पाँचै गीत प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?