३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

करम पूजामा उराँवको फेसन सो

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनसरी (कास)– उराँव समुदायको मौलिक सांस्कृतिक पर्व करम पूजा सुरु भएको छ । बृहत् सांस्कृतिक पहिरन प्रदर्शनीसँगै करम पूजा पर्व सुरु भएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान, इनरुवाको आयोजनामा सोमबारदेखि सुनसरी र मोरङका उराँव समुदायले फेसन सो गरे ।

करम पूजामा उराँवको फेसन सो

सुनसरी (कास)– उराँव समुदायको मौलिक सांस्कृतिक पर्व करम पूजा सुरु भएको छ । बृहत् सांस्कृतिक पहिरन प्रदर्शनीसँगै करम पूजा पर्व सुरु भएको हो ।


नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान, इनरुवाको आयोजनामा सोमबारदेखि सुनसरी र मोरङका उराँव समुदायले फेसन सो गरे ।


उराँव पुरुषहरू धोती, पगरी र महिलाहरू रातो र सेतो सारीमा सजिएका थिए । प्रतिष्ठानका
अध्यक्ष बेचन उराँवले उराँव समुदायको मौलक सांस्कृतिक पर्व करमको बारेमा नयाँ पुस्तालाई जानकारी दिँंदै भाषा संरक्षण गर्न र मौलिकता प्रदर्शन गर्ने उद्देश्य रहेको बताए ।
उराँव समुदायका कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, बुद्धिजीवी र अगुवाहरूको उपस्थितिमा सुरु भएको करम पूजा महिनादिन चल्ने उल्लेख गर्दै बेचनले थपे, ‘आपसमा
सद्भाव र सुखशान्तिका लागि यो पर्व मनाइन्छ ।’


प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले नयाँ पुस्तामा उराँव समुदायको वेशभूषा र भाषासंस्कृतिप्रति मोह जगाउन कार्यक्रम आयोजना गरेको बताए । उनले भने, ‘परम्परागत संस्कृति र वेशभूषा संरक्षण गर्दैै सांस्कृतिक एकरूपता ल्याउन पहिरन प्रदर्शनीको माध्यम अपनाएका हौं ।’


कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गरेका थिए ।


मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जन गर्ने सामग्री पनि राखिएका थिए ।


सुनसरी, मोरङ, झापा, बारा, पर्सा र सिरहामा छरिएका उराँवहरूको जनसंख्या नेपालमा ३७ हजार ४ सय २८ छ । सुनसरीमा सबैभन्दा बढी २८ हजार जना छन् ।

प्रकाशित : आश्विन १०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?