कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सपना बनिन् प्रथम मिस दोलखा

राजेन्द्र मानन्धर

दोलखा — भीमेश्वर नगरपालिका जिलुकी सपना चौलागाईंले मिस दोलखा–२०१८ को ताज जितेकी छन् । सदरमुकम चरिकोटमा पहिलोपटक आयोजित प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै सपना विजेता बनेकी हुन् । उनले नगद ५० हजार समेत पाइन् ।

सपना बनिन् प्रथम मिस दोलखा
सपना बनिन् प्रथम मिस दोलखा

ब्राइट इभेन्ट मेनेजमेन्टले शनिबार आयोजना गरेको कार्यक्रममा मिस नेपाल-२००० की विजेता उषा खड्कीले ‘के म गर्न सक्छु र म गर्न सक्छु ?’ प्रश्नको चित्त बुझ्दो जवाफ दिएपछि सपना मिस दोलखाको बिजेता बन्न सफल भइन् । करिब तीनसय दर्शककाबीच उषा खड्की,मिस्टर मोडल अफ वल्र्ड दिक्पाल कार्की, नायिक पूर्णिमा लामा,गायिका मिना निरौला लगायत निर्णायक मण्डलमा थिए ।

सपना बनिन् प्रथम मिस दोलखा

सपना गौरीशंकर बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । सरकारी स्वास्थ्य केन्द्रमा एएनएम जागिरमा व्यस्त उनी अब मिस नेपालको प्रतिस्पर्धाको तयारी गर्ने बताउँछिन् ।

सपना बनिन् प्रथम मिस दोलखा

चरिकोटकी पविना थापा फस्ट रनर अप भइन् । उनले ३० हजार नगद पाइन् । चरिकोटकै अनुषा रिजाल सेकेन्ड रनर अप भइन् । उनले २० हजार पाइन् । दोलखा बजारकी प्रकृति श्रेष्ठ थर्ड रनर अप भइन् ।कार्यक्रममा सहभागी दर्शकले पहिलोपटक दोलखाका मोडलहरु एउटै स्टेचमा देखिएकोमा खुसी व्यक्त गरे ।

सपना बनिन् प्रथम मिस दोलखा

सपना बनिन् प्रथम मिस दोलखा

तस्बिरहरु: राजेन्द्र मानन्धर/कान्तिपुर


प्रकाशित : आश्विन २८, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?